मुख्य समाचार
प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए
प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् ।

समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए ।

‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि मैले यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।


अहिलेको संविधानमा रहेको समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादसम्म पुग्ने लक्ष्यसहित चारवटै पार्टी मिलेर समाजवादी मोर्चा बनेको उनले बताए ।

प्रचण्डले सार्वभौम जनताले ल्याएको गणतन्त्रमाथि धावा बोल्न संविधानले नै रोकेको भन्दै त्यस्तै अवस्था ल्याउन खोजे जनताको सार्वभौमसत्ता कायम गराइराख्न चुप लागेर नबस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...
। स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने सहमति बनेको अध्यक्षको उम्मेदवार सुनिता घिमिरेले जानकारी गराइन् । अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा ...
: स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले दुर्घटना गराएको हो। साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिएको उनले बताए। जोशीले दुर्घटनामा परेर सुनवर्षी–१ का राजकुमार परियारकी ...