मुख्य समाचार
बर्दियामा साउनयता लागुऔषधसहित ९१ जना पक्राउ
बर्दियामा साउनयता लागुऔषधसहित ९१ जना पक्राउ

— प्रहरीले गत साउनदेखि फागुन मसान्तसम्म लागुऔषध ब्राउन सुगर, चरेस, गाँजा लगायत टयाबलेटसहित ९१ जनालाई पक्राउ गरेको छ । तीमध्ये तीन जना महिला रहेको प्रहरीले जनाएको छ ।


उक्त अवधिमा प्रहरीले गाँजा १७ किलो ८४ ग्राम, चरेस २ किलो १ सय ६ ग्राम, ब्राउन सुगर ६८ ग्राम ६ सय ९ मिलिग्राम, ट्याबलेट १ सय ४६ वटा र सिरप २ बोतल बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय, बर्दियाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केदार खनालले बताए । पक्राउ परेका ७८ जनाविरुद्ध मुद्दा चलाइएको उनले जनाए ।

बर्दियासँग जोडिएको भारतीय बजार बलैगाउँ र लौकाही नाकाबाट सबैभन्दा बढी लागुऔषध ब्राउन सुगर भित्रिएको थियो । चरेस भने नेपाल हुँदै भारत जाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले लागुऔषधविरुद्ध अभियान चलाएपछि कारोबारी र सेवनकर्ता पक्राउ पर्न थालेको हो ।

यसैगरी सोही अवधीमा जिल्ला अदालतबाट विभिन्न मुद्दा फैसला भएका फरार प्रतिवादी १ सय ८४ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...
। स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) बीच चुनावी गठबन्धन बनेको हो । अनेरास्ववियुबाट चार पद लिने सहमति बनेको अध्यक्षको उम्मेदवार सुनिता घिमिरेले जानकारी गराइन् । अखिल क्रान्तिकारीबाट सचिवमा सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा ...
: स्कुल बसको ठक्करबाट आइतबार साँझ मोरङमा १ जना बालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले दुर्घटना गराएको हो। साइकलमा यात्रा गरिरहेकी बालिकालाई स्कुल बसले ठक्कर दिएको उनले बताए। जोशीले दुर्घटनामा परेर सुनवर्षी–१ का राजकुमार परियारकी ...