मुख्य समाचार
खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

— मकवानपुरको मनहरीस्थित लोथर खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।


मकवानपुर कैलाश गाउँपालिका-४ घर भई मनहरी गाउँपालिका-६ नयाँबस्तीमा आफन्तका बस्दै आएका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको लोथर खोला दोभानमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते मोक्तानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार मृत्यु भएको थियो ।


मृत्युको कारण प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा विद्युतको तार जोडेर करेन्ट लगाएर माछा मार्न लाग्दा करेन्ट लागेर घाइते भएको खुलेको हो ।सुरुमा छिमेकी र आफन्तले मोबाइल चार्ज गर्न लाग्दा मोक्तानलाई करेन्ट लागेको भनेर प्रहरीलाई जानकारी गराएका थिए।

मनहरी प्रहरीले अनुसन्धान गर्ने क्रममा आफू बस्ने घरमा विद्युतको तार जोडेर खोलामा माछा मार्न लाग्दा मोक्तानलाई करेन्ट लागेको कुरा खुलेको हो । ‘पहिला मोक्तानका आफन्त र छिमेकीले डराएर गलत रिपोटिङ गरे,' इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले भने, ‘थप अनुसन्धान गर्ने क्रममा करेन्ट लगाएर माछा मार्न लाग्दा करेन्ट लागेको खुल्यो ।’

अहिले छिमेकी र आफन्तहरु पनि माछा मार्न तार जोडन लाग्दा करेन्ट लागेको बताउँछन् । मोक्तान केही समयदेखि नयाँ बस्तीस्थित आफन्तको घरमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवादलाई समाधान गर्न गठित प्राविधिक समितिले काम गर्न सर्वोच्च अदालतले रोक लगाएको छ। मन्त्री खड्काले टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययनका लागि गठित समितिलाई काम कारबाही अघि नबढाउन सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल काम कारबाही अघि ...
। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ । ‘सहकारी ...
: सरकारले भ्रष्टाचार र अपराध गरी जोडेको पूर्वप्रशासक र एक भारतीय नागरिकको अर्बौंको सम्पत्ति सरकारको नाम ल्याउने प्रक्रिया थालिएको छ। गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय गरेको छ। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, उनका परिवारको घर जग्गामा सरकारको नाम ल्याउने निर्णय भएको ...
। कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो । दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ...