मुख्य समाचार
युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत
युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत

— युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत भएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् ।


बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रुटका साथै २६ देशका नेताहरू सहभागी थिए ।


बैठकमा युक्रेनलाई सैन्य र वित्तीय सहयोग गर्ने र रुसी राष्ट्रपति पुटिनले युद्धविराम प्रस्तावलाई समर्थन गरेको खण्डमा भविष्यको शान्ति प्रक्रियाबारे पनि छलफल भएको छ । बैठकमा बेलायती प्रधानमन्त्री स्टार्मरले पुटिनका लागि ढिलो वा चाँडो वार्ताको टेबुलमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मेरो अनुभव के हो भने, चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबुलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’

यसअघि युद्ध अन्त्यका लागि अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव युक्रेनी राष्ट्रपति जेलेन्स्कीले स्वीकार गरिसकेका छन् । रुसी राष्ट्रपति पुटिनले सिद्धान्ततः युद्धविरामको पक्षमा रहेको भए पनि कतिपय विषय स्पष्ट पार्नुपर्ने बताएका छन् । युद्धविराम प्रस्ताव स्वीकार गरेर जेलेन्स्कीले युक्रेन शान्तिको पक्षधर भएको पुष्टि गरिसकेको स्टार्मरको भनाइ छ । ‘उहाँ ३० दिनको युद्धविरामका लागि बिनासर्त सहमत हुनुभएको छ र प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने । पुटिन शान्तिका लागि गम्भीर भएको खण्डमा युक्रेनमा बर्बर आक्रमण रोक्नुपर्ने र युद्धविरामका लागि सहमत हुनुपर्ने स्टार्मरको भनाइ छ । उनले थपे, ‘संसारले हेरिरहेको छ ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै सर्तबिना शान्ति सुरु हुनुपर्ने बताएका छन् । यसका लागि तयार नभएको खण्डमा रुसमाथि कडा दबाब दिनुपर्नेमा उनले जोड दिएका छन् । ‘३० दिने युद्धविराममा रूसको मौनताले पुटिन युद्धलाई तन्काउँदै जान खोजेको देखिन्छ,’ जेलेन्स्कीले भनेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘रुसले युद्धविराम रोक्न सबै कुरा गरिरहेको’ बताएका छन् । ‘यो रुसको युद्ध हो । यसलाई रोक्न, सक्रिय दबाब आवश्यक छ, केवल वार्ता होइन ।’ शान्ति दिगो र भरपर्दो बनाउन युक्रेनको सुरक्षा प्रत्याभूति महत्त्वपूर्ण भएको उनको भनाइ छ । जेलेन्स्कीले युरोप र ‘जी–७’ मात्र नभई शान्तिका लागि विश्वभरका अन्य सबै देशलाई एकताबद्ध हुन आह्वान गरेका छन् । ‘शान्ति रोक्ने एक मात्र बाधा रुस हो भन्ने कुरा विश्वले बुझ्नुपर्छ,’ उनले भने ।


युद्धविराम प्रस्तावबारे छलफल गर्न रुसी राजधानी मस्को पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले पुटिनसँग बिहीबार भेटवार्ता गरेका थिए । त्यसलगत्तै ट्रम्पले वार्ता फलदायी भएको र रुसी राष्ट्रपतिले युद्धविराम प्रस्तावलाई समर्थन गर्नेमा आशावादी भएको बताएका थिए । ‘म युद्धविरामको दृष्टिकोणबाट र अन्ततः एउटा सम्झौताबारे रुसबाट केही राम्रा संकेतहरू आउँदै छन् भन्नेमा आशावादी छु,’ ट्रम्पले भनेका थिए । तर रुसी राष्ट्रपति पुटिन भने युद्धविराका लागि अनिच्छुक देखिएका छन् । पछिल्लो समय रुसी सेनाले युद्ध क्षेत्रमा गति हासिल गरेकाले पनि पुटिन तत्काल युद्धविरामका लागि हतार गर्न अनिच्छुक देखिएका विश्लेषकको भनाइ छ ।

कुर्स्कका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको आह्वान



युद्धविरामको पहललाई बिथोल्न खोजेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको आरोपपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

‘यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ,’ रुसी टेलिभिजनमा प्रसारित सम्बोधनमा पुटिनले भनेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनका हजारौं सैनिकलाई रुसी सेनाले पूर्णरूपमा घेरेको र उनीहरू निकै खराब र कमजोर अवस्थामा रहेको बताएका थिए ।

गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक सातादेखि कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ । कुर्स्क क्षेत्रको पराजय युक्रेनका लागि ठूलो धक्का मानिएको छ । यस क्षेत्रको पकडलाई युक्रेनका ३ वर्ष लामो युद्ध अन्त्यका लागि महत्त्वपूर्ण ‘बार्गेनिङ’ का रूपमा प्रयोग गर्ने ठानिएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने कुर्स्कको अवस्था केही कठिन भए पनि पुटिनले भनेजस्तो नभएको दाबी गरेका छन् । ‘कुर्स्क क्षेत्रको अवस्था पक्कै पनि कठिन छ, तर अभियानको अझै पनि महत्त्व छ,’ जेलेन्स्कीले भनेका छन्, ‘सेनालाई घेराबन्दी गरिएको छैन । हाम्रा सेनाहरूले कुर्स्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई रोकिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...