मुख्य समाचार
युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत
युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत

— युरोपेली नेताहरूले युक्रेन युद्ध अन्त्य गर्नका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिन सहमत भएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् ।


बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रुटका साथै २६ देशका नेताहरू सहभागी थिए ।


बैठकमा युक्रेनलाई सैन्य र वित्तीय सहयोग गर्ने र रुसी राष्ट्रपति पुटिनले युद्धविराम प्रस्तावलाई समर्थन गरेको खण्डमा भविष्यको शान्ति प्रक्रियाबारे पनि छलफल भएको छ । बैठकमा बेलायती प्रधानमन्त्री स्टार्मरले पुटिनका लागि ढिलो वा चाँडो वार्ताको टेबुलमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मेरो अनुभव के हो भने, चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबुलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’

यसअघि युद्ध अन्त्यका लागि अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव युक्रेनी राष्ट्रपति जेलेन्स्कीले स्वीकार गरिसकेका छन् । रुसी राष्ट्रपति पुटिनले सिद्धान्ततः युद्धविरामको पक्षमा रहेको भए पनि कतिपय विषय स्पष्ट पार्नुपर्ने बताएका छन् । युद्धविराम प्रस्ताव स्वीकार गरेर जेलेन्स्कीले युक्रेन शान्तिको पक्षधर भएको पुष्टि गरिसकेको स्टार्मरको भनाइ छ । ‘उहाँ ३० दिनको युद्धविरामका लागि बिनासर्त सहमत हुनुभएको छ र प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने । पुटिन शान्तिका लागि गम्भीर भएको खण्डमा युक्रेनमा बर्बर आक्रमण रोक्नुपर्ने र युद्धविरामका लागि सहमत हुनुपर्ने स्टार्मरको भनाइ छ । उनले थपे, ‘संसारले हेरिरहेको छ ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै सर्तबिना शान्ति सुरु हुनुपर्ने बताएका छन् । यसका लागि तयार नभएको खण्डमा रुसमाथि कडा दबाब दिनुपर्नेमा उनले जोड दिएका छन् । ‘३० दिने युद्धविराममा रूसको मौनताले पुटिन युद्धलाई तन्काउँदै जान खोजेको देखिन्छ,’ जेलेन्स्कीले भनेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘रुसले युद्धविराम रोक्न सबै कुरा गरिरहेको’ बताएका छन् । ‘यो रुसको युद्ध हो । यसलाई रोक्न, सक्रिय दबाब आवश्यक छ, केवल वार्ता होइन ।’ शान्ति दिगो र भरपर्दो बनाउन युक्रेनको सुरक्षा प्रत्याभूति महत्त्वपूर्ण भएको उनको भनाइ छ । जेलेन्स्कीले युरोप र ‘जी–७’ मात्र नभई शान्तिका लागि विश्वभरका अन्य सबै देशलाई एकताबद्ध हुन आह्वान गरेका छन् । ‘शान्ति रोक्ने एक मात्र बाधा रुस हो भन्ने कुरा विश्वले बुझ्नुपर्छ,’ उनले भने ।


युद्धविराम प्रस्तावबारे छलफल गर्न रुसी राजधानी मस्को पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले पुटिनसँग बिहीबार भेटवार्ता गरेका थिए । त्यसलगत्तै ट्रम्पले वार्ता फलदायी भएको र रुसी राष्ट्रपतिले युद्धविराम प्रस्तावलाई समर्थन गर्नेमा आशावादी भएको बताएका थिए । ‘म युद्धविरामको दृष्टिकोणबाट र अन्ततः एउटा सम्झौताबारे रुसबाट केही राम्रा संकेतहरू आउँदै छन् भन्नेमा आशावादी छु,’ ट्रम्पले भनेका थिए । तर रुसी राष्ट्रपति पुटिन भने युद्धविराका लागि अनिच्छुक देखिएका छन् । पछिल्लो समय रुसी सेनाले युद्ध क्षेत्रमा गति हासिल गरेकाले पनि पुटिन तत्काल युद्धविरामका लागि हतार गर्न अनिच्छुक देखिएका विश्लेषकको भनाइ छ ।

कुर्स्कका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको आह्वान



युद्धविरामको पहललाई बिथोल्न खोजेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको आरोपपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

‘यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ,’ रुसी टेलिभिजनमा प्रसारित सम्बोधनमा पुटिनले भनेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनका हजारौं सैनिकलाई रुसी सेनाले पूर्णरूपमा घेरेको र उनीहरू निकै खराब र कमजोर अवस्थामा रहेको बताएका थिए ।

गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक सातादेखि कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ । कुर्स्क क्षेत्रको पराजय युक्रेनका लागि ठूलो धक्का मानिएको छ । यस क्षेत्रको पकडलाई युक्रेनका ३ वर्ष लामो युद्ध अन्त्यका लागि महत्त्वपूर्ण ‘बार्गेनिङ’ का रूपमा प्रयोग गर्ने ठानिएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने कुर्स्कको अवस्था केही कठिन भए पनि पुटिनले भनेजस्तो नभएको दाबी गरेका छन् । ‘कुर्स्क क्षेत्रको अवस्था पक्कै पनि कठिन छ, तर अभियानको अझै पनि महत्त्व छ,’ जेलेन्स्कीले भनेका छन्, ‘सेनालाई घेराबन्दी गरिएको छैन । हाम्रा सेनाहरूले कुर्स्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई रोकिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...