मुख्य समाचार
बाँकेको सुधार गृहमा बालबन्दीबीच झडप हुँदा ६ घाइते
बाँकेको सुधार गृहमा बालबन्दीबीच झडप हुँदा ६ घाइते

— बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरको जयेन्दु बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर छन् । १८ बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


शुक्रबार राति बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो । विवाद बढ्दै जाँदा तनावग्रस्त बनेको बालसुधार गृहलाई प्रहरीले ४ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । शनिबार ठूलो संख्यामा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुधार गृहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘शुक्रबारदेखि दुई समूहमा विवाद भएर कुटाकट भएको रहेछ । राति नै १५ जनालाई अस्पताल पुर्‍याएका थियौं,’ बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने, ‘शनिबार कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लियौं ।’


उक्त क्रममा बालबन्दीहरूको ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरूले आगजनी गरी केही क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटकपटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरीले बलपूर्वक भित्र पसेर सबैलाई नियन्त्रणमा लिएको थियो ।

‘सुधार गृहमा १८ वर्षमाथिका र १८ वर्षमुनिकालाई सँगै राख्दा झडपको अवस्था हुने गरेको छ,’ बालसुधार गृहकी इन्चार्ज विमला काउचाले भनिन्, ‘प्रहरी भित्र जान सक्दैनन् । उल्टै प्रहरीलाई नै कुट्न आउँछन् । अनि आफैं कटाकुट गर्छन् ।’ उक्त बालसुधार गृहमा २५० जना बालबन्दी छन् । अस्पतालमा घाइते बालकलाई भेटेका अधिकारकर्मी बसन्त गौतमका अनुसार झडपका क्रममा धारिलो हतियार प्रयोगबाट घाउ लागेको देखिएको छ ।

गतवर्ष पनि यो सुधार गृहमा बालबन्दीबीच भएको झडपमा परी बुटवलका सुलभ केसीको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । बालबिज्याइँमा संलग्न बालकलाई सुधार्न सञ्चालनमा आएको बालसुधार गृहमा अधिकांश बालक कर्तव्यज्यान, जबर्जस्ती करणी जस्ता अपराधमा संलग्न छन् । सुरक्षा व्यवस्था बलियो नहुँदा बालगृहबाट बालबालिका भाग्ने घटना पनि हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले भ्रष्टाचार र अपराध गरी जोडेको पूर्वप्रशासक र एक भारतीय नागरिकको अर्बौंको सम्पत्ति सरकारको नाम ल्याउने प्रक्रिया थालिएको छ। गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय गरेको छ। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, उनका परिवारको घर जग्गामा सरकारको नाम ल्याउने निर्णय भएको ...
। कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव फेला परेको हो । दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका हुन्। उनले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् । बमले शनिबार हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनमा सम्बोधनको क्रममा प्रचण्डको तस्बिर जलाएका थिए । बमलाई चितवनबाट पक्राउ गरि मकवानपुर ल्याउने तयारी भइरहेको मकवानपुरका प्रहरी ...