मुख्य समाचार
युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने
युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने

— युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने बताएका छन् ।


बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् ।


बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव मार्क रुटलगायत २६ देशका प्रतिनिधि सहभागी छन् ।

बैठकमा युक्रेनलाई सैन्य र वित्तीय सहयोग गर्ने र रुसी राष्ट्रपति पुटिनले युद्धविराम प्रस्तावलाई समर्थन गरेको खण्डमा भविष्यको शान्ति प्रक्रियाबारे छलफल भएको छ ।

बैठकमा बेलायती प्रधानमन्त्री स्टारमरले ‘भ्लादिमिर पुटिन ढिलो वा चाँडो वार्ताको टेबलमा आउनुको विकल्प नभएको’ बताएका छन् । ‘मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’


यसअघि युद्ध अन्त्यका लागि अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको छ । रुसी राष्ट्रपति पुटिनले सिद्धान्ततः युद्धविरामको पक्षमा रहेको भए पनि कतिपय विषय स्पस्ट पार्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...