मुख्य समाचार
नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप
नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप

— सत्तारुढ एमाले निकट अनेरास्ववियुले अर्को सत्तारुढ दल कांग्रेस निकट नेविसंघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्ने प्रयास गरेको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेको बहानामा क्याम्पसहरुमा तालाबन्दी गरेको जनाएका छन् ।


‘त्रिवि विश्वविद्यालय क्याम्प्स, पब्लिक युथ, पद्यकन्या लगायतका क्याम्पसमा नेविसंघले आफ्नो आन्तरिक झगडा मिलान नसकेको बहानामा तालाबन्दी गरेको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने आत्मबल नभएका कारण लोकतन्त्रको खोक्रो नारा घन्काउँदै चुनाव नै भाँड्ने प्रयास भइरहेको छ । लोकतन्त्रको रट लगाउने, चुनाव आउनसाथ लोकतन्त्रको घाँटी निमोठ्ने, विद्यार्थीलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ साध्ने कांग्रेसको पुरानै शैली फेरि दोहोरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


त्रिविका आंगिक, सामुदायिक र निजी क्याम्पसमा हुने लागेको निर्वाचनमा कांग्रेस र नेविसंघ दलगत स्वार्थमा लागेको समेत अनेरास्ववियुको आरोप छ । ‘देशभरका अधिकांश क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ । तर स्ववियु चुनावलाई जति सक्दो अलमल्याउने, नतिजा सुनिश्चित नभएसम्म प्रक्रिया अवरुद्ध गर्ने र विद्यर्थी हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने कांग्रेस निकट नेविसंघ फेरि पनि आफ्नो पुरानै शैलीमा फर्किएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशभरका ६२ आंगिकमध्ये १८ भन्दा बढीमा तालाबन्दीको कारण स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता लगायतको प्रक्रिया अवरुद्ध बनेको छ । अध्यक्ष बडालले अनेरास्ववियु निर्वाचनका लागि दृढ रहेको प्रतिबद्धतासमेत जनाएका छन् । नेविसंघले भने अव्यवहारिक माग राखेर तालाबन्दीजस्ता अनैतिक हर्कत गरेर चुनाव भाँड्न खोजेको उनले विज्ञप्तिमा दाबी गरेका छन् ।

त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को व्यवस्थाअनुसार निर्वाचनको गतिविधि अघि बढाउन उनले आग्रहसमेत गरेका छन् । ‘तालाबन्दी, अवरोध, अस्थिरता र षड्यन्त्र नेविसंघको स्वाभाविक चरित्र हो । विद्यार्थी संगठनको खोल ओढेर यसरी खेलबाड गरिनु सह्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘मातहतका सबै कमिटी, नेता तथा कार्यकर्ताहरुलाई स्ववियु निर्वाचनमा अवरोध नगर्न, गराउने खोज्नेलाई विद्यार्थीहरुको ऐक्यवद्दताबाट प्रतिउत्तर दिन र कुनै पनि हालतमा तालाबन्दीको राजनीति नस्वीकार्न निर्देशन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ ...
— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता संचालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरिय दोस्रो अधिवेशनलाई संबोधन गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिह्न गर्नेले मौका पाएको बताए । उनले सत्ता संचालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताए । ...
। कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब ...
। सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ ...
। चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो । पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।