मुख्य समाचार
सम्पर्कविहीन विनोद साउदीको शुमैसी जेलमा भेटिए
सम्पर्कविहीन विनोद साउदीको शुमैसी जेलमा भेटिए

: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर सम्पर्कविहीन रहेका रुकुम सिस्ने गाउँपालिका-६ का ३६ वर्षीय विनोद केसी साउदीको शुमैसी जेलमा भेटिएका छन्।


नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार केसीलाई २०२४ जुलाई १० मा जेद्दा शहरको अल अजीजियाह जिल्लाको नर्थवर्न प्रहरी चौकीले पक्राउ गरी उनलाई शुमैसी जेलमा पठाएको र अब उनलाई भेट्न अनुमतिका लागि सम्बन्धित निकायमा आवेदन दिइएको छ। अनुमति प्राप्त भएपछि भेटघाट गर्ने र थप जानकारी दिने उनले बताइन्।

केसी गत साउन ८ गतेसम्म सम्पर्कमा रहेको र त्यसपश्चात सम्पर्कविहीन रहेको थिए। किल्डिन कुङ्ग्स पार्टनर कम्पनीमा सन् २०१६ मा सिकर्मीका रूपमा काम गर्न साउदी पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् । इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै ...
। कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो । हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले ...
— अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवाको एक अपार्टमेन्टमा गत फेब्रुअरी २४ सोमबार बिहान ५:१५ बजे नेपाली परिवारमा भएको विभत्स हत्याकाण्डको फुटेज सार्वजनिक गरिएको छ । फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो । नेपालमा ...
— पश्चिम एसियामा जारी युद्धका कारण खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढ्दै गएको छ। हालसम्म कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् भने तीमध्ये करिब ६ हजारले आफू असुरक्षित महसुस गर्दै स्वदेश फर्किन इच्छा व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार युद्ध सुरु भएयता जोखिम बढे पनि पछिल्ला दिनहरूमा ...
: पश्चिम एसियामा पछिल्ला दिनमा विकसित घटनाक्रमबाट सिर्जित परिस्थितिको निरन्तर फलो गर्ने, अन्तरनिकाय समन्वय गर्ने र उद्धारका लागि आवश्यक कदम चाल्न नेपाल सरकारलाई सुझाव दिने उद्देश्यले परराष्ट्र सचिवको संयोजकत्वमा उच्चस्तरीय आपत्कालीन इमर्जेन्सी रेस्पोन्स टिम गठन भएको छ। उक्त टिमको गत फागुन २६ गते बसेको बैठकको निर्देशनबमोजिम नेपाली राजदूतावास रियादका उपनियोग प्रमुख एवं हालका कार्यवाहक राजदूत ...