मुख्य समाचार
अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु
अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु

। कैलालीमा अनियन्त्रित भएर एक कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो कार शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–३ को चौकीडाँडास्थित एक घरको भित्तामा ठोक्किएको थियो ।


दुर्घटनामा कार चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले अनियन्त्रित भएको गाडी सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको बताए ।

घरको भित्तामा ठोक्किएपछि गम्भीर घाइते भएका चालक रानाको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ ...
— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता संचालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरिय दोस्रो अधिवेशनलाई संबोधन गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिह्न गर्नेले मौका पाएको बताए । उनले सत्ता संचालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताए । ...
। सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ ...
— सत्तारुढ एमाले निकट अनेरास्ववियुले अर्को सत्तारुढ दल कांग्रेस निकट नेविसंघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्ने प्रयास गरेको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेको बहानामा क्याम्पसहरुमा तालाबन्दी गरेको जनाएका छन् । ‘त्रिवि विश्वविद्यालय क्याम्प्स, पब्लिक युथ, पद्यकन्या लगायतका क्याम्पसमा नेविसंघले आफ्नो ...
। चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो । पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।