मुख्य समाचार
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च

। नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. युवराज दाहाल, ई. करुणा गौतम र ई. रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ ।


अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।

ती नमूनाका १२० लिटर पानीलाई स्टेरियोमाइक्रोस्कोप प्रयोग गरी दृश्यात्मक रूपमा परीक्षण गरिएको थियो र साथै μ-FTIR (Micro-Fourier Transform Infrared Spectroscopy) विधिबाट पोलिमेरिक विश्लेषण गरिएको थियो । पोलिमेरिक विश्लेषण भनेको प्लास्टिक तथा अन्य बहुलक पदार्थहरूको वैज्ञानिक अध्ययन गर्ने विधि हो। माइक्रोप्लास्टिकजस्ता साना कणहरूको पहिचान गर्न यो उपयोगी मानिन्छ ।




‘अध्ययनमा एक लिटर पानीको बोतलमा औसत २३२ ± २८ र जारको पानीमा औसत २८६ ± ४२ माइक्रोप्लास्टिक्स फेला परेका छन्। सबै नमूनामा माइक्रोप्लास्टिक्सको उपस्थिति देखिएको छ,’ डा. अधिकारीले भने ।

उनका अनुसार नेपालका भौगोलिक क्षेत्रअनुसार माइक्रोप्लास्टिक्सको मात्रा प्रतिलिटर फरक-फरक पाइएको छ । तराई क्षेत्रको नमूनामा सबैभन्दा उच्च औसत २६१ ± २८ देखिएको छ । हिमाली क्षेत्रमा औसत २०९ ± २० र पहाडी क्षेत्रमा औसत १९६ ± २९ पाइएको अधिकारीले बताए ।

उनका अनसार तराई क्षेत्रमा उच्च प्रदूषणको कारण उच्च तापक्रम र प्लास्टिकका बोतलहरूमा देखिने भौतिक तथा रासायनिक प्रभाव हुनसक्छ।

नयाँ जारको पानीमा औसत ३२१ ± ५३ प्रतिलिटर माइक्रोप्लास्टिक्स पाइएको छ भने पुनः प्रयोग गरिएका जारमा औसत २५१ ± २७ प्रतिलिटर भेटिएको उनले बताए ।



माइक्रोप्लास्टिकका कणहरू ६.७ माइक्रोनदेखि ५००० माइक्रोनसम्मका विभिन्न आकारका थिए। अध्ययनले गर्मी वातावरणमा पाइने पानीमा माइक्रोप्लास्टिकको सघनता अझै बढी हुने सम्भावना छ।

माइक्रोप्लास्टिकको स्रोत विभिन्न हुन सक्छन्। बोतल तथा जारको निर्माण प्रक्रियामा प्रयोग गरिने प्लास्टिक सामग्रीहरू, पानी प्रशोधन प्रणाली, बोतल आफैं तथा ढकनी तथा पानीको स्रोत नै माइक्रोप्लास्टिकको स्रोत हुन सक्छ।

बोतल खोल्दा तथा बन्द गर्दा, ढकनी र बोतलको घर्षणका कारण पनि माइक्रोप्लास्टिक उत्पन्न हुने सम्भावना रहन्छ। साथै, वितरण प्रणालीका पाइपलाइन तथा भण्डारण प्रणालीबाट समेत माइक्रोप्लास्टिक पानीमा मिसिन सक्छन्।

नेपालमा बिक्ने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको व्यापकता गम्भीर चिन्ताको विषय बनेको छ। यसले हाम्रो शरीरमा तत्काल नकारात्मक असर नदेखिए पनि दीर्घकालीन असर पर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

यस समस्या समाधान गर्न गुणस्तर मापनको लागि अनिवार्य परीक्षण गर्न, उत्पादन प्रक्रिया सुधार गर्न, उपभोक्ताहरूलाई माइक्रोप्लास्टिक्सको प्रभावबारे जानकारी गराउन र कानुनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको डा. अधिकारी बताउँछन् ।

‘यदि गुणस्तरमा सुधार नगरेमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ,’ डा. अधिकारीले भने, ‘नेपालमा बोतल तथा जारको पानी उपभोग गर्ने उपभोक्ताहरूले पनि यस विषयमा सतर्कता अपनाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।