मुख्य समाचार
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च

। नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. युवराज दाहाल, ई. करुणा गौतम र ई. रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ ।


अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।

ती नमूनाका १२० लिटर पानीलाई स्टेरियोमाइक्रोस्कोप प्रयोग गरी दृश्यात्मक रूपमा परीक्षण गरिएको थियो र साथै μ-FTIR (Micro-Fourier Transform Infrared Spectroscopy) विधिबाट पोलिमेरिक विश्लेषण गरिएको थियो । पोलिमेरिक विश्लेषण भनेको प्लास्टिक तथा अन्य बहुलक पदार्थहरूको वैज्ञानिक अध्ययन गर्ने विधि हो। माइक्रोप्लास्टिकजस्ता साना कणहरूको पहिचान गर्न यो उपयोगी मानिन्छ ।




‘अध्ययनमा एक लिटर पानीको बोतलमा औसत २३२ ± २८ र जारको पानीमा औसत २८६ ± ४२ माइक्रोप्लास्टिक्स फेला परेका छन्। सबै नमूनामा माइक्रोप्लास्टिक्सको उपस्थिति देखिएको छ,’ डा. अधिकारीले भने ।

उनका अनुसार नेपालका भौगोलिक क्षेत्रअनुसार माइक्रोप्लास्टिक्सको मात्रा प्रतिलिटर फरक-फरक पाइएको छ । तराई क्षेत्रको नमूनामा सबैभन्दा उच्च औसत २६१ ± २८ देखिएको छ । हिमाली क्षेत्रमा औसत २०९ ± २० र पहाडी क्षेत्रमा औसत १९६ ± २९ पाइएको अधिकारीले बताए ।

उनका अनसार तराई क्षेत्रमा उच्च प्रदूषणको कारण उच्च तापक्रम र प्लास्टिकका बोतलहरूमा देखिने भौतिक तथा रासायनिक प्रभाव हुनसक्छ।

नयाँ जारको पानीमा औसत ३२१ ± ५३ प्रतिलिटर माइक्रोप्लास्टिक्स पाइएको छ भने पुनः प्रयोग गरिएका जारमा औसत २५१ ± २७ प्रतिलिटर भेटिएको उनले बताए ।



माइक्रोप्लास्टिकका कणहरू ६.७ माइक्रोनदेखि ५००० माइक्रोनसम्मका विभिन्न आकारका थिए। अध्ययनले गर्मी वातावरणमा पाइने पानीमा माइक्रोप्लास्टिकको सघनता अझै बढी हुने सम्भावना छ।

माइक्रोप्लास्टिकको स्रोत विभिन्न हुन सक्छन्। बोतल तथा जारको निर्माण प्रक्रियामा प्रयोग गरिने प्लास्टिक सामग्रीहरू, पानी प्रशोधन प्रणाली, बोतल आफैं तथा ढकनी तथा पानीको स्रोत नै माइक्रोप्लास्टिकको स्रोत हुन सक्छ।

बोतल खोल्दा तथा बन्द गर्दा, ढकनी र बोतलको घर्षणका कारण पनि माइक्रोप्लास्टिक उत्पन्न हुने सम्भावना रहन्छ। साथै, वितरण प्रणालीका पाइपलाइन तथा भण्डारण प्रणालीबाट समेत माइक्रोप्लास्टिक पानीमा मिसिन सक्छन्।

नेपालमा बिक्ने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको व्यापकता गम्भीर चिन्ताको विषय बनेको छ। यसले हाम्रो शरीरमा तत्काल नकारात्मक असर नदेखिए पनि दीर्घकालीन असर पर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

यस समस्या समाधान गर्न गुणस्तर मापनको लागि अनिवार्य परीक्षण गर्न, उत्पादन प्रक्रिया सुधार गर्न, उपभोक्ताहरूलाई माइक्रोप्लास्टिक्सको प्रभावबारे जानकारी गराउन र कानुनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको डा. अधिकारी बताउँछन् ।

‘यदि गुणस्तरमा सुधार नगरेमा दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ,’ डा. अधिकारीले भने, ‘नेपालमा बोतल तथा जारको पानी उपभोग गर्ने उपभोक्ताहरूले पनि यस विषयमा सतर्कता अपनाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ । महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस ...
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम