मुख्य समाचार
नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले गरेका सबै काम गैरकानुनी रहेको : खेलकुद मन्त्री चौधरी
नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले गरेका सबै काम गैरकानुनी रहेको : खेलकुद मन्त्री चौधरी

: युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले गरेका सबै काम गैरकानुनी रहेको बताएका छन्। ओलम्पिक कमिटीमा निस्किएको विवादबारे आइतबार पत्रकार सम्मेलन गर्दै उनले अहिलेको कार्यसमिति अवैधानिक रहेको बताए।



ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई गत मंगलबार कुवेतस्थित अध्यागमन विभागले डीपोर्ट हुन रोकेपछि यो विषयले ठूलो रुप लिएको छ। हालः भएको कार्यसमितिले राष्ट्रिय खेलकुद परिषद (राखेप)को विधान विपरीत चुनाव गराएको र विधान संसोधन गरेकोमा सरकारको आपत्ति रहेको उनले बताए। ‘हालः रहेको ओलम्पिक कमिटी गैरकानुनी छ। यसले सर्वोच्च अदालतको आदेश र परिषदको आदेश पालना नगरेको हुँदा कानुनको चुनौतीको रूपमा सरकारले लिएको छ,’ मन्त्री चौधरीले भने।


ओलम्पिक कमिटीले नेपालले भाग लिने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको नियमन गर्दै आएको थियो। हालः भने राखेप तथा सरकारले उक्त कमिटीलाई वैधानिकता दिएको छैन। ‘नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुनी हुने छैन,’ मन्त्री चौधरीले भने।

उनले ओलम्पिक कमिटीको विवाद नटुंगिए पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन भने कुनै पनि व्यवधान नहुने बताए। ‘ओलम्पिक कमिटी नभए पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान पाइन्छ। यसमा राखेप र सरकारले सहजीकरण गर्नेछ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...