मुख्य समाचार
रास्वपा सांसद भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव
रास्वपा सांसद भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सुझाव दिएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले जनताको आक्रोशलाई बेवास्ता गर्ने हो भने सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने जिकिर गरिन् ।




देशमा भ्रष्टाचार, कानुनी विभेद, अन्याय, महंगी, बेरोजगार लगायत बढ्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘देशमा भ्रष्टाचारले जरा गाडेको गाड्यै छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खप्नुपरेको छ । जनता महंगी, बेराजगारीको मारमा छन् । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बन्न पुगेको छ । तर, सरकार कहाँ छ ?,’ सांसद कार्कीको प्रश्न छ ।




जनताको पीडा सुन्नुपर्ने बेलामा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाइन् ।

‘जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ । नयाँ नेतृत्वलाई सिध्याउने र होच्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ,’ सांसद कार्कीले भनिन्, ‘राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गालीगलौजमा व्यस्त छ ।’

उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूकै अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएको बताइन् ।

‘तर, नेपाली जनता कुनै राजा फर्काउने होइन, नेताहरूकै अर्कमण्यता र भ्रष्टाचारले निराश र दिक्क भएर सडकमा निस्केका हुन्,’ कार्कीले भनिन् ।

यस्ता सन्दर्भ सुनाउँदै उनले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सम्झिइन् ।

‘श्री भूपु पाण्डेको जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पीर मर्काको हुबहु बयान गर्छ । सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘किनकी जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य अझै चुकाउनुपर्ने हुनेछ । त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...