मुख्य समाचार
नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव
नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव

। नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव दिएका छन् । सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरु फेर्न सुझाव दिएका हुन् ।

आजको संसद बैठकमा सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।




सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा थन्किएर बसेको तर यसबारे मन्त्रीहरुले नबोलेको भन्दै रघुजीले असन्तुष्टि जनाए ।

‘म त मन्त्रीहरुको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमान जीले पाल्पामा गएर बोल्नुभएको छ अहिले भइरहेको छैन भनेर । आएर त्यही कुरा बोले भयो नि संसदमा । संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्छ,’ पूर्वमन्त्री समेत रहेका पन्तले भने, ‘कसरी बनेको, किन बनेको, के कारणले बनेको हो, कुन अवस्थामा छ र सरकारको सोच के छ ? पटकपटक प्रश्न उठेपछि मन्त्रीहरुले कानमा तेल हालेर बस्न मिल्छ ?’




मन्त्रिपरिषदले जनताको सेवा गर्न सकेको छैन भने मन्त्रिपरिषदका सदस्य फेर्नुपर्ने उनले बताए । उनले जनताको चासो र भावनालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई समेत सुझाव दिँदै उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु । जनताको चासोलाई सम्बोधन गरौं, जनताको भावनालाई सम्बोधन गरौं । लोकतन्त्र भनेको जनभावना अनुसार अगाडि बढ्ने हो ।’

‘उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरु फेर्ने बेला आयो । पर्फमेन्स देखाउन नसक्ने मन्त्रीहरु राखिराख्न जरुरी छैन । प्रधानमन्त्रीले निश्चय पनि मूल्यांकन गर्नु भएको होला,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने भएका छन् । खुला प्रतिस्प्रर्धामा गए सेवा अवधि नजोडिने भएकाले सेवा अवधि जोडिने गरी खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने सरोकारवालाहरूको माग थियो । त्यसआधारमा संसदीय उपसमितिले स्वास्थ्य सेवा र संसद्‌ सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने विषयमा सहमति जुटाएका हुन् । यसलाई मूल समितिले अनुमोदन ...
। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे । ‘बिनाबिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । ...
। धनुषाको सबैलामा चोकको नामाकरणसम्बन्धी विवादलाई लिएर भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार पाँचजना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन् । ‘प्रदर्शनकारीको ढुंगामुढा र भाटा प्रहारबाट ९ जना प्रहरी घाइते भएका छन् ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो । लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ । यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै कतिपय मानिसहरू संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन् । ‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै ...