मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित
राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को लक्ष्य ३९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।



एपीएफका लागि दिपक बोहोराले सर्वाधिक ७० रनको अविजित पारी खेले। उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। उनीसँगै छैटौं विकेटका १०४ रनको शतकीय साझेदारी गरेका सुमितको ब्याटबाट ३४ रन बन्यो। उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहँदै विजयी इनिङ्स खेले।

एपीएफका ओपनरद्वय लोकेश बम र आशिफ शेखले क्रमशः २२ र २५ रन बनाए। कप्तान रोहित पौडेलले २२ रन बनाए। सन्दीप जोरा र भुवन कार्कीले समान ६–६ रन बनाए। कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २–२ विकेट लिए। प्रकाश जैशीले १ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए। उनले ७५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका हुन्। प्रकाश जैशीले २०, अर्जुन घर्तीले १०, दिनेश अधिकारीले ३३ रन बनाउँदा कप्तान दिवान पुनले १२ रन बनाए। दिपेन्द्र रावत ३० रनमा अविजित रहे।

एपीएफका लागि बायाँ हाते स्पिनर अभिषेश गौतमले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चिए। कमल सिंह ऐरीले ३ विकेट लिँदा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहोराले सर्वाधिक १–१ विकेट लिए। एपीएफले कुल ४ खेलमा ३ जित र १ हारसहित ८ अंक जोडेको छ। कर्णालीले भने समान ४ खेलमा १ जित र ३ हार बेहोद २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...