मुख्य समाचार
कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ
कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ

। कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।




उनका अनुसार रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुपप्र०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका–७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।




चौधरीको घर कोठामा खानतलासी गर्दा सुटकेसभित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको थियो । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने भएका छन् । खुला प्रतिस्प्रर्धामा गए सेवा अवधि नजोडिने भएकाले सेवा अवधि जोडिने गरी खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने सरोकारवालाहरूको माग थियो । त्यसआधारमा संसदीय उपसमितिले स्वास्थ्य सेवा र संसद्‌ सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने विषयमा सहमति जुटाएका हुन् । यसलाई मूल समितिले अनुमोदन ...
। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे । ‘बिनाबिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । ...
। धनुषाको सबैलामा चोकको नामाकरणसम्बन्धी विवादलाई लिएर भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार पाँचजना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन् । ‘प्रदर्शनकारीको ढुंगामुढा र भाटा प्रहारबाट ९ जना प्रहरी घाइते भएका छन् ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो । लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ । यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै कतिपय मानिसहरू संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन् । ‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै ...