मुख्य समाचार
वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र हङकङ बीचको खेल वर्षाको कारण रद्द
वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र हङकङ बीचको खेल वर्षाको कारण रद्द

: वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र हङकङ बीचको खेल वर्षाको कारण रद्द भएको छ। तालिकाको पुछारमा रहेको टिम नेपालले तेस्रो स्थानमा रहेको हङकङसँग तेस्रो स्थानका लागि खेल्ने तालिका रहेको थियो।


नेपालले प्रतियोगिताको ६ खेलमा २ जित हात पार्यो भने ४ हार बेहोर्यो। यससँगै नेपाली टिमको लागि यो प्रतियोगिता सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ । आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो । समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । ...
: नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध गरेको छ। तेस्रो संस्करणको एनएसएलका लागि केन्तासँग बटुवाले सम्झौता गरेको हो। उनीसँग हङकङ इन्डोनेसिया मलेसिया बोस्निया र जर्मनीका क्लबबाट खेलेको अनुभव रहेको छ। उनले पछिल्लो पटक इन्डोनेसियाको लिग खेलेका थिए। कान्ता बुटवल लुम्बिनीमा भित्रिने चौथो विदेशी खेलाडी हुन्। यसअघि नाइजेरियन मिडफिल्डर ...
: नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम एफसी चितवनले जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध गरेका छ । तेस्रो संस्करणको एनएसएलका लागि नाइटसँग सम्झौता गरेको सामाजिनक सञ्जालबाट जानकारी दिएको छ। नाइटसँग जमैकन र अमेरिकन लिग खेलको अनुभव छ। उनले पछिल्लो पटक अमेरिकी दोस्रो डिभिजनको क्लब लेक्सिङ्टन एससीबाट खेलेका थिए। नाइटले सन् २०१८ मा जमैकन राष्ट्रिय टोलीका ...
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो। कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को ...
— म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनसँग बराबरी खेलेको छ र यो उसका लागि घाटाको नतिजा रहनेछ । एतिहाडमा भएको खेलमा सिटीले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन् । सिटीका लागि इर्लिङ हालान्ड र ओमर मारमोसले गोल गरे । ब्राइटनका तर्फबाट भने पेरभिस स्टुपिनन र अब्डोकोडोर खुसानोभले गोल फर्काए । अर्को खेलमा नटिङ्घम फरेस्टले ...