मुख्य समाचार
नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने
नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने

। नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने भएको छ ।

एलिसन हस्पिटालिटीको आयोजना र काफल्सको व्यवस्थापनमा सञ्चालन हुने यो प्रदर्शनी आगामी १५, १६ र १७ वैशाखमा काठमाडौंमा हुनेछ ।


‘नेक्स्ट–जेन टुरिज्म : फिल्ड टु फ्युचर’ नारासाथ आयोजना गरिने तीन दिने कार्यक्रममा ५ विद्यार्थीको समूहमा १० समूहले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका नवीन परियोजना प्रस्तुत गर्नेछन् ।

सहभागी टोलीलाई उद्योग विशेषज्ञ तथा मार्गदर्शकले प्रशिक्षित गर्नेछन्, जसले उनीहरूलाई पर्यटनको दिगोपन, नवप्रवर्तन र आर्थिक सम्भाव्यता जस्ता पक्षमा केन्द्रित गराउन मद्दत गर्ने छ ।


कुनै पनि विश्वविद्यालयबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले यस कार्यक्रममा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीले अवधारणापत्र पेस गर्नुपर्ने छ । उत्कृष्ट १० अवधारणापत्र छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइने छ । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

विजेता समूहलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार र सहभागी समूहलाई १० हजारका दरले नगद पुरस्कार, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्रदान गरिने छ ।

‘नेक्स्ट–जेन टुरिज्म : फिल्ड टु फ्युचरले पर्यटनका नयाँ अवधारणा र समाधान प्रस्तुत गर्ने छ, जसले पर्यावरण, साहसिक र खेलकुद, सांस्कृतिक तथा सम्पदा, स्मार्ट सिटी तथा ग्रामीण, ग्यास्ट्रोनोमी तथा पाककला र स्वास्थ्य तथा ध्यान पर्यटन क्षेत्र समेट्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक ...
। चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ । यो संख्या गत ...
: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको दावी गरेका छन्। विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन्। उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको,राजस्व संकलन हुन नसकेको,व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको ...
: कालीगण्डकी नदीको पाल्पा क्षेत्रमा दुई जना व्यक्ति मृत भेटिएका छन्। कालीगण्डकी नदीको बगनासकाली गाउँपालिकामा २ जना पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सिन्धुलीको गोलाचौर गाउँपालिका-६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। ...
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान ...