मुख्य समाचार
अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगे
अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगे

। अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेको छ।

टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्।




यो टोली सुनिता र बैरी रहेको स्थानमा पुग्नेछ । स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग सम्पर्कमा पुगिसकेको छ ।

यसैबीच, स्पेसएक्सका एलन मस्कले आफ्नो एक्स पोस्टमा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागन केही दिनभित्र अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउनेछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, 'इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।' उनले हुथी विद्रोहीहरूको डकैती, ...
एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन । चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक ...
— अमेरिकी नेतृत्वको गठबन्धन सेनासँग मिलेर इराकी राष्ट्रिय गुप्तचर सेवाले गरेको कारबाहीमा इराक र सिरियाका लागि इस्लामिक स्टेट (आईएसआईएस) समूहका एक वरिष्ठ नेता मारिएका छन् । इराकी प्रधानमन्त्री प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीका अनुसार कारबाहीमा ‘इराक र संसारकै सबैभन्दा खतरनाक आतंककारीमध्येका एक’ अबु खादिजाह भनिने अब्दुल्लाह मक्की मुस्लीह अल-रिफाई मारिएका हुन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ...
— युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने बताएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् । बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता ...
। अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुईवटा जहाज समुद्रमा डुबाइदिएका थिए भने ...