मुख्य समाचार
अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु
अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्।


ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, 'इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।'

उनले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्‍याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको बताए।

हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र नौ जना घाइते भएको जनाएको छ।

गाजामा इजरायल-हमास युद्धको प्रतिक्रियास्वरूप हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थालेका थिए। हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ आफ्नो सैन्य बलले दिने बताएका छन्।

हुथी विद्रोहीहरूले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा श्रृंखलाबद्ध विस्फोट भइरहेको जनाएका बीबीसी समाचारमा उल्लेख छ।

यो साउदी अरेबियासँगको सीमामा रहेको हुथी विद्रोहीहरूको बलियो गढ हो।

इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दछ। यसले साना र यमनको उत्तरपश्चिमी भाग नियन्त्रण गर्छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

विमानस्थल तथा सैन्य अड्डा आसपास धुँवाको मुस्लो देखिएको छ।

हुथी विद्रोहीहरूले यमनको राजधानी सानाको आवासीय क्षेत्रहरूलाई लक्षित गरी गरिएको आक्रमणको लागि अमेरिका र बेलायतलाई दोष दिएका छन्।

शनिबार हुथी विद्रोही विरुद्धको अमेरिकी आक्रमणमा बेलायतले भाग नलिएको निश्चित भए पनि यसले अमेरिकालाई नियमित रूपमा इन्धन भर्ने सहयोग भने प्रदान गरेको थियो।

नोभेम्बर २०२३ देखि हुथी विद्रोहीहरूले लाल सागर र एडेनको खाडीमा दर्जनौं व्यापारिक जहाजहरूलाई लक्षित गरी मिसाइल, ड्रोन आक्रमण गरका थिए।

उनीहरूले दुईवटा जहाज डुबाए, एउटा कब्जा गरे र चार जना चालक दलका सदस्यहरूलाई मारेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...