मुख्य समाचार
‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा
‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा

। ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।

आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।




परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निम्तो पठाइने जानकारी गराए ।

सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको उनले बताए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको उनले बताए ।




‘साढे ३ सय जनाको हाम्रो आकलन छ, नेपाली र विदेशीहरू गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ,’ पत्रकार सम्मेलनमा राईले भने ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए ।

जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्सानीबारे आवाज उठाइरहेको पनि बताउ । वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एण्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयिकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ,’ उनले भने ।

यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको उनले जानकारी दिए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने पनि मुख्यसचिव अर्यालले बताए ।

‘नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेण्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसावले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यु लियौँ । अर्को वर्ष अरु अरु थिममा हामी जानेछौँ,’ उनले भने ।

मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको जानकारी गराए ।

सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ ।

खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ ।

हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी गराइएको छ ।

सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...