मुख्य समाचार
ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौति : राजतन्त्र संविधानले चिन्दैन, बहस गर्ने भए, इतिहास पढेर आउनुहोस्
ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौति : राजतन्त्र संविधानले चिन्दैन, बहस गर्ने भए, इतिहास पढेर आउनुहोस्

: नेकपा एमाले सांसद रघुजी पन्त राजा किन चाहियो ? भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाउँदा भनाभन समेत भएको छ।


सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ती जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर,सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे। आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए। उनले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए। 'मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्,'उनले भने।

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए। उनले भने,' अहिले संविधानले राजतन्त्र चिन्दैन। त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन। राजतन्त्र इतिहासको विषय भइसक्यो।' उनले राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन चेतावनी समेत दिए।



सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए। जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए। उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...