मुख्य समाचार
लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैन : प्रधानमन्त्री
लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैन : प्रधानमन्त्री

: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका हुन्। उनले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको धारणा पनि राखे।


उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट पारे । त्यस्तै उनले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गरे । महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्ने र सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उनले बताए । उनले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सबैको सुझावका आधारमा सरकारका नीति,व्यवहार र कानुनहरूलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए।



सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...