मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम एफसी चितवनले जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम एफसी चितवनले जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध

: नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम एफसी चितवनले जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध गरेका छ । तेस्रो संस्करणको एनएसएलका लागि नाइटसँग सम्झौता गरेको सामाजिनक सञ्जालबाट जानकारी दिएको छ।


नाइटसँग जमैकन र अमेरिकन लिग खेलको अनुभव छ। उनले पछिल्लो पटक अमेरिकी दोस्रो डिभिजनको क्लब लेक्सिङ्टन एससीबाट खेलेका थिए।

नाइटले सन् २०१८ मा जमैकन राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए। उनले ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।



नाइट चितवनमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन्। उनी नेपाल आइसकेका छन्। उनी नेपाल आइसकेको एफसी चितवनले आफ्नो आधिकारीक फेसबुक पेजबाट जानकारी दिएको हो।

चितवनले यसअघि अमेरिकाका जोनाथन क्याम्पबेल र उज्वेकिस्तानका नोदिरबेक माभलोनोभलाई टिममा अनुबन्ध गरिसकेको छ। राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको चितवनका लागि नवीन न्यौपानेले प्रशिक्षण गर्नेछन्।

एनएसएल चैत १६ बाट सुरु हुँदैछ। चितवनले चैत १८ मा पोखरा थन्डर्ससँग पहिलो खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...