मुख्य समाचार
गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय
गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय

: सरकारले भ्रष्टाचार र अपराध गरी जोडेको पूर्वप्रशासक र एक भारतीय नागरिकको अर्बौंको सम्पत्ति सरकारको नाम ल्याउने प्रक्रिया थालिएको छ। गृह मन्त्रालयले पाँच जना पूर्वप्रशासक र एक भारतीय नागरिकको नाम रहेको सम्पत्ति फिर्ता ल्याउने मन्त्रिस्तरीय निर्णय गरेको छ।


सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, उनका परिवारको घर जग्गामा सरकारको नाम ल्याउने निर्णय भएको गृह मन्त्रालय सहसचिव भरतमणि रिजालले जानकारी दिए।
सहसचिव रिजालको अनुसार जल उत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन महानिर्देशक आमोदानन्द मिश्र, नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी, आन्तरिक राजस्व विभागका पूर्वनिर्देशक मुरारीबहादुर कार्की, भन्सार विभागका तत्कालीन नासु केदारनाथ ढुंगानाकी पत्नी सरस्वती ढुंगाना, मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्काको काठमाडौंलगायत विभिन्न स्थानमा रहेको घरजग्गा जफत हुने भएको छ।



आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत गर्र्ने निर्णय भएको सहसचिव रिजालले जानकारी दिए।

हालै सरकारले ल्याएको सुशासन प्रबद्र्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई टेकेर गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गराएका हुन्।

नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष चतुर्वेदी गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा २०६८ भदौ २१ मा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। अब फैसला भएको लामो समयसम्म पनि उनीहरूले उपभोग गरिरहेको चतुर्वेदीको नाममा पर्साको रामगढवाको १ रोपनी, छोरा रितेशका नाममा रहेको कोटेश्वरस्थित २ रोपनी ९ आना १ पैसा २ दाम, रितेशकै नाममा पर्साको बहुअर्वाभाठास्थित ४ रोपनी तथा कोटेश्वरमै रहेको २ आना १ पैसा जग्गामध्ये रामाज्ञाको नाममा पर्ने आधा जफत हुने भएको छ।

सर्वोच्चबाट दोषी ठहर भएका भन्सार विभागमा तत्कालीन नासु केदारनाथ ढुंगानाको मृत्यु भइसकेको छ। उनीविरुद्ध अख्तियारले २०५९ सालमा अकुत सम्पत्ति आर्जन मुद्दामा चलाएको थियो। मुद्दा चल्दाचल्दै ढुंगानाको मृत्यु भयो। त्यसपछि श्रीमती सरस्वती ढुंगानाले उनको मुद्दा सकारेकी थिइन्। २०६२ कात्तिक २७ मा केदारनाथ दोषी ठहर भए। कैद र जरिवाना मिनाहा भए पनि बिगो र स्रोत नखुलेको सम्पत्ति जफत हुने फैसला भयो। श्रीमती सरस्वतीले पुनरावेदन गरिन तर सर्वोच्चले २०७४ जेठ २२ मा विशेषको फैसला सदर गरिदियो।सरस्वती र आफन्तका नाममा ललितपुरका दुई ठाउँको घर तथा जग्गाजमिनका साथै विभिन्न बैंक÷वित्तीय संस्था तथा कम्पनीमा रहेका नगद तथा सेयर, स्रोत नखुलेको रकमबाट बढे÷बढाइएको सम्पत्ति जफत हुने फैसला भएको थियो। तर जफत गरिएको सम्पत्ति अझै पनि उनीहरूले उपभोग गरिरहेका थिए तर अब गृहको निर्णयले सरस्वती र उनको आफन्तको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन महानिर्देशक मि श्र अकुत सम्पत्ति आर्जनको मुद्दामा सर्वोच्चले २०७३ फागुन २ मा दोषी ठहर भएका थिए । १ वर्ष कैद र २० लाख ४ हजार ७ सय ७३ रुपैयाँ जरिवाना भुक्तान गरी उनी रिहा भए पनि त्यति नै बिगोसहित लाजिम्पाटमा रहेको ८ आना २ पैसामा बनेको घर तथा जग्गा जफतको फैसला भएको थियो। अख्तियारले २०६१ मा अख्तियारले १ करोड १ लाख ४३ हजार बिगो कायम गरी मि श्रविरुद्ध दायर गरेको थियो। विशेषले उनलाई सफाइ थियो। तर, सर्वोच्चले दोषी करार ग¥यो। मि श्रको निधन भइसकेको छ।

जफतको फैसला कार्यान्वयन नभएको कारण छोरा अजितकुमारले सम्पत्ति उपभोग गरिरहेका थिए। अब निर्णयले मि श्रको सम्पत्ति जग्गा जफत हुने भएको छ।

आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक कार्कीको २०६३ सालमा अख्तियारले पक्राउ गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। कार्कीको १ करोड ६३ लाख ६७ हजार ५६० बराबरको सम्पत्ति अवैध रहेको भन्दै अख्तियारले मुद्दा हालेको थियो। उनले विशेष अदालतबाट सफाइ पाएका थिए। तर, अख्तियार पुनरावेदन गयो। र, सर्वोच्चले उनलाई दोषी ठहर ग¥यो। भ्रष्टाचारबाट आर्जित सम्पत्ति भएको भन्दै उनको सिनामंगलमा १० आना ३ पैसा जग्गा र त्यसमा बनेको घर तथा लाजिम्पाटको खोलागाल मार्गमा रहेको घर पनि अब जफत हुने भएको छ।

मेची भन्सार कार्यालयका तत्कालीन पूर्वप्रमुख खड्काको कोटेश्वरमा रहेको २ रोपनी ३ आना २ पैसा २ दाम र महोत्तरीको बहादुरगञ्जस्थित २ कठ्ठा १० धुर जग्गाा पनि सरकारले नामको नाम आउने भएको छ। २०६९ असारमा खड्कालार्ई दोषी ठहर गर्दै यो जग्गा जफत गर्ने फैसला भएको थियो। २०७० पुस १९ मा भारतीय नागरिक सरिता गिरी (राई) विशेष अदालतबाट दोषी ठहर भइन्। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २ वर्ष कैद र २ करोड २५ लाख ९१ हजार १ सय ५३ रुपैयाँ जरिवाना तथा स्रोत नखुलेको घरजग्गा, बैंक मौज्दात, सवारीसाधनलगायत जफत हुने फैसला भयो।

२०७२ माघ ११ मा सर्वोच्चले विशेषको त्यो फैसला सदर गरिदियो। सरिताका नाममा बैंकमा रहेको १ करोड ५९ लाख ८० हजार रुपैयाँ, सरिताकी आफन्त सेती गिरीका नाममा रहेको जोरपाटीस्थित १२ आनामा बनेको साढे २ तले घरसहित जग्गा, जोरपाटीमै रहेको कित्ता नम्बर २४२ को अर्को जग्गा तथा सुनसरीको धरानस्थित १ रोपनी जग्गा र त्यसमा बनेको घर जफत हुने फैसला भयो। अब यो जग्गा पनि जफत हुने भएको छ। अब यी ६ जनाकै सम्पत्ति सरकारको नाम छिट्टै आउने भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...