मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध
नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध

: नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध गरेको छ।


तेस्रो संस्करणको एनएसएलका लागि केन्तासँग बटुवाले सम्झौता गरेको हो। उनीसँग हङकङ इन्डोनेसिया मलेसिया बोस्निया र जर्मनीका क्लबबाट खेलेको अनुभव रहेको छ। उनले पछिल्लो पटक इन्डोनेसियाको लिग खेलेका थिए।

कान्ता बुटवल लुम्बिनीमा भित्रिने चौथो विदेशी खेलाडी हुन्। यसअघि नाइजेरियन मिडफिल्डर इजेकिल ओजीदिजा तमारा, इङ्लिस डिफेन्डर फेन्डर नथान माविला र स्कटिस मिटफिल्डर फ्याङ्क रोसलाई टिममा भित्र्याइसकेको छ।



मनिष टाङ्गी मार्केट प्लेयर रहेको यस टिममा पुष्पलाल शर्माले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। चैत्र १६ बाट सुरु हुने यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसीले आफ्नो पहिलो खेल झापा एफसीसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। प्रतियोगितामा जम्मा ७ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...