मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध
नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध

: नेपाल सुपर लिग (एनएसएल)को फ्रान्चाइज टोली बुटवल लुम्बिनीले जापानी फरवार्ड केन्ता हारालाई टिममा अनुबन्ध गरेको छ।


तेस्रो संस्करणको एनएसएलका लागि केन्तासँग बटुवाले सम्झौता गरेको हो। उनीसँग हङकङ इन्डोनेसिया मलेसिया बोस्निया र जर्मनीका क्लबबाट खेलेको अनुभव रहेको छ। उनले पछिल्लो पटक इन्डोनेसियाको लिग खेलेका थिए।

कान्ता बुटवल लुम्बिनीमा भित्रिने चौथो विदेशी खेलाडी हुन्। यसअघि नाइजेरियन मिडफिल्डर इजेकिल ओजीदिजा तमारा, इङ्लिस डिफेन्डर फेन्डर नथान माविला र स्कटिस मिटफिल्डर फ्याङ्क रोसलाई टिममा भित्र्याइसकेको छ।



मनिष टाङ्गी मार्केट प्लेयर रहेको यस टिममा पुष्पलाल शर्माले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। चैत्र १६ बाट सुरु हुने यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसीले आफ्नो पहिलो खेल झापा एफसीसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। प्रतियोगितामा जम्मा ७ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...