मुख्य समाचार
नेपाल सम्पत्ति शुद्धीकरण ग्रे लिस्टबाट हट्न गम्भीर सुधार आवश्यक : आईएमएफ
नेपाल सम्पत्ति शुद्धीकरण ग्रे लिस्टबाट हट्न गम्भीर सुधार आवश्यक : आईएमएफ

। नेपाल सम्पत्ति शुद्धीकरण विरुद्धको अन्तरसरकारी निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीए) को ग्रे लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गम्भीर कानुनी, नियामकीय र सुपरीवेक्षकीय सुधार आवश्यक रहेको जनाएको छ ।

नेपालमा आईएमएफसँगको सहकार्यमा जारी विस्तारित कर्जा सुविधा कार्यक्रमको पाँचौं समीक्षा पारित गर्ने क्रममा आईएमएफका कार्यकारी निर्देशकहरूको बोर्डले एफएटीएफले ग्रे लिस्टमा राखेको कुरा ध्यानमा राख्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रण सम्बन्धी रूपरेखा बलियो बनाउन त्यस्तो सुधारको आवश्यकता रहेको उपप्रबन्ध निर्देशक बो लीले जारी गरेको वक्तव्यमा छ ।




आईएमएफको कार्यकारी बोर्डले गत बुधबार ईसीएफको पाँचौं समीक्षा स्वीकृत गरेको छ ।

नेपाल यसअघि सन् २००८ मा ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निकाल्न आईएमएफले ठूलो मद्दत गरेको थियो । २०१२ मा नेपाल झन्डै कालोसूचीमा परेको थियो । तर, आईएमएफले आफ््नो नेतृत्वमा नेपालमा कानुनी, नियामकीय र सुपरीवेक्षकीय सुधार गराउने प्रतिबद्धता अन्तर्राष्ट्रिय जगतसमक्ष गरेपछि नेपाल कालोसूचीमा पर्नबाट जोगिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।




त्यसको दुई वर्षपछि २०१४ मा नेपाल ग्रे लिस्टबाट बाहिर निस्केको थियो । नेपाल कसरी ग्रे लिस्टमा पर्‍यो, कसरी कालोसूचीबाट जोगियो र कसरी बाहिर निस्किन सफल भयो भन्ने कुरा समेटेर आईएमएफले २०१८ मा एक चित्र पुस्तक ‘नेपाल इन्टु एन्ड आउट अफ द ग्रे’ प्रकाशित गरेको छ ।

यसपटक नेपाल पुनः ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निस्किन नेपालले प्रस्तुत गरेको कार्ययोजना एफएटीएफले स्वीकृत गरेको छ । तर, आईएमएफ जस्तो विश्वासिलो संस्थाको सहयोग यस्तो बेलामा निकै महत्त्वपूर्ण हुने राष्ट्र बैंकका पूर्वकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

अझ दिगो र समावेशी वृद्धि हासिल गर्न महत्त्वाकांक्षी संरचनात्मक सुधार गर्न पनि आईएमएफको कार्यकारी निर्देशकहरूले आह्वान गरे । व्यवसायको उच्च लागत घटाउने, लगानी वातावरण सुधार गर्ने, सुशासन प्रवद्र्धन गर्ने र भ्रष्टाचार विरोधी संस्थाहरूलाई मजबुत बनाउने प्रयास अघि बढाउन उनीहरूले सिफारिस गरेका छन् ।

यस अतिरिक्त आईएमएफले वित्तीय क्षेत्रमा बढ्दो जोखिम ध्यानमा राख्दै त्यसको न्यूनीकरणका लागि सक्रिय रूपमा काम गर्नुपर्ने पनि जनाएको छ ।

‘आईएमएफका कार्यकारी निर्देशकहरूले वित्तीय क्षेत्रका नियमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डसँग अझ बढी अनुकूल बनाउन, १० ठूला बैंकहरूको ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गर्न तथा समस्याग्रस्त बचत तथा ऋण सहकारीहरूको समस्या समाधानका लागि विस्तृत रणनीति विकास गर्न पनि नेपाललाई प्रेरित गरेका छन्,’ उपप्रबन्ध निर्देशक लीले जारी गरेको वक्तव्यमा छ ।

राजनीतिक अनिश्चय र बाढीपहिरोबीच नेपालले ईसीएफ कार्यक्रम अन्तर्गतका सुधार कार्यान्वयनमा समग्र रूपमा राम्रो उपलब्धि हासिल गरेको आईएमएफले स्वागत गरेको छ ।

नेपालको आर्थिक परिदृष्य समग्रतामा सकारात्मक भए पनि त्यसमा केही जोखिम हुन सक्ने पनि आईएमएफको बोर्ड निर्देशकहरूले बताएको लीको वक्तव्यमा उल्लेख छ ।

‘त्यसैले समष्टिगत आर्थिक स्थायित्व सुनिश्चित गर्न सावधानीपूर्ण नीतिहरू निरन्तर अपनाउन र दिगो तथा समावेशी वृद्धि प्रवद्र्धन गर्न संरचनात्मक सुधारहरूको दृढ कार्यान्वयन गर्न निर्देशकहरूले प्रोत्साहित गरे,’ लीले वक्तव्यमा उल्लेख गरेका छन् ।

यी कार्यक्रमका उद्देश्य हासिल गर्न आईएमएफको क्षमता विकास महत्त्वपूर्ण हुने लीले उल्लेख गरेका छन् ।

अहिले हासिल भएको मूल्य तथा वाह्य क्षेत्र स्थायित्वलाई बचाइ राख्न मौद्रिक नीति अझै पनि सजग र तथ्यांकमा आधारित हुनुपर्ने कुरामा निर्देशकहरू सहमत भएको उनले जनाएका छन् ।

त्यस्तै केन्द्रीय बैंकको सुशासन, स्वतन्त्रता र जवाफदेहिता बलियो बनाउन राष्ट्र बैंक ऐन संशोधन गर्नुपर्ने विषयलाई आईएमएफले जोड दिएको छ ।

नेपालले थप ५ अर्ब ८५ करोड निकाल्न पाउने

आईएमएफको कार्यकारी बोर्डले पाँचांै समीक्षा सम्पन्न गरेसँगै विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपालले पाउने निब्यार्जी ऋणको थप ५ अर्ब ८५ करोड रुपैयाँ निकाल्न पाउने भएको छ ।

२०२२ मा आईएमएफले स्वीकृत गरेको ईसीएफ अन्तर्गत नेपालले ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर निब्र्याजी ऋण पाउँछ । पाँचौं किस्ता पनि नेपालले निकाल्न पाउने भएपछि नेपालले कुल २८ करोड ९१ लाख डलर खर्च गर्न सक्ने भएको हो ।

आन्तरिक माग कमजोर भएका कारण नेपालको अर्थतन्त्रले आर्थिक चुनौती सामना गरिरहेको आईएमएफले जनाएको छ । चालु आव नेपालले ४.२ प्रतिशतको औसत आर्थिक वृद्धि हासिल गर्ने आईएमएफको प्रक्षेपण छ ।

बाढी तथा भूकम्पपछिको पुनर्निर्माण तथा बढ्दो जलविद्युत् उत्पादनले नेपालको आर्थिक वृद्धिलाई योगदान गर्ने उसले जनाएको छ । मूल्यवृद्धि नियन्त्रणमा रहेका कारण राष्ट्र बैंकले लिएको सहज मौद्रिक नीति, सरकारले पूँजीगत खर्च बढाउने लक्ष्य लिएकाले त्यसको पनि सकारात्मक प्रभाव आर्थिक वृद्धिमा पर्ने आईएमएफको भनाइ छ ।

राष्ट्र बैंकले लिएको लक्ष्य अनुरूप मूल्यवृद्धि ५ प्रतिशत भित्रै रहने पनि आईएमएफको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। ...
: युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ ...
: माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो जलाएको विषयमा राप्रपा युवा नेता निराजन बमलाई पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ प्रचण्डको फोटो जलाउने राप्रपा ...
। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए । केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको ...
: काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ। प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलको मुचुल्का गरेर शवलाई ...