मुख्य समाचार
साउथ फिल्म ‘रोबिन हुड’बाट अभिनयमा डेब्यु गर्दै डेभिड वार्नर
साउथ फिल्म ‘रोबिन हुड’बाट अभिनयमा डेब्यु गर्दै डेभिड वार्नर

। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् ।

वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् ।




यो फिल्मलाई मैत्री मूभि मकेर्सले निर्माण गर्नेछ । निर्माण कम्पनीले शनिबार वार्नरलाई भारतीय सिनेमामा औपचारिक रूपमा स्वागत गरेको छ ।

प्रोडक्सन हाउसले पोस्टर सेयर गर्दै लेखेको छ, ‘क्रिकेट मैदानमा चम्किएर आफ्नो छाप छोडेपछि अब डेभिड वार्नरको सिल्भर स्क्रिनमा आउने समय आएको छ । हामी डेभिड वार्नरलाई रोमाञ्चक क्यामियोमा प्रस्तुत गर्दैछौं ।’




‘रोबिन हुड’ आगामी मार्च २८ मा हलमा रिलिज हुनेछ । फिल्मको बारेमा डेभिड वार्नरले भने, ‘यो फिल्मको सुटिङ निकै रमाइलो थियो । म भारतीय सिनेमामा आउँदैछु । फिल्मलाई लिएर निकै उत्साहित छु ।’

यसअघि फिल्मका निर्माता वाई रविशंकरले यो जानकारी दिएका थिए । एक प्रमोशन कार्यक्रमको क्रममा, निर्मातालाई उनको फिल्म ‘रोबिन हुड’ बारे अपडेट सोधिएको थियो । त्यसपछि उनले वार्नरले फ्यानको खुशीका लागि फिल्ममा क्यामियो गरेको बताएका थिए ।

फिल्म ‘रोबिन हुड’मा अभिनेता नितिन मुख्य भूमिकामा देखिनेछन् । यसमा नितिनले एक चोरको भूमिका निर्वाह गरेका छन्, जसले धनीको घरबाट चोरेर त्यो पैसा गरिबलाई बाँडिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...