मुख्य समाचार
साउथ फिल्म ‘रोबिन हुड’बाट अभिनयमा डेब्यु गर्दै डेभिड वार्नर
साउथ फिल्म ‘रोबिन हुड’बाट अभिनयमा डेब्यु गर्दै डेभिड वार्नर

। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् ।

वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् ।




यो फिल्मलाई मैत्री मूभि मकेर्सले निर्माण गर्नेछ । निर्माण कम्पनीले शनिबार वार्नरलाई भारतीय सिनेमामा औपचारिक रूपमा स्वागत गरेको छ ।

प्रोडक्सन हाउसले पोस्टर सेयर गर्दै लेखेको छ, ‘क्रिकेट मैदानमा चम्किएर आफ्नो छाप छोडेपछि अब डेभिड वार्नरको सिल्भर स्क्रिनमा आउने समय आएको छ । हामी डेभिड वार्नरलाई रोमाञ्चक क्यामियोमा प्रस्तुत गर्दैछौं ।’




‘रोबिन हुड’ आगामी मार्च २८ मा हलमा रिलिज हुनेछ । फिल्मको बारेमा डेभिड वार्नरले भने, ‘यो फिल्मको सुटिङ निकै रमाइलो थियो । म भारतीय सिनेमामा आउँदैछु । फिल्मलाई लिएर निकै उत्साहित छु ।’

यसअघि फिल्मका निर्माता वाई रविशंकरले यो जानकारी दिएका थिए । एक प्रमोशन कार्यक्रमको क्रममा, निर्मातालाई उनको फिल्म ‘रोबिन हुड’ बारे अपडेट सोधिएको थियो । त्यसपछि उनले वार्नरले फ्यानको खुशीका लागि फिल्ममा क्यामियो गरेको बताएका थिए ।

फिल्म ‘रोबिन हुड’मा अभिनेता नितिन मुख्य भूमिकामा देखिनेछन् । यसमा नितिनले एक चोरको भूमिका निर्वाह गरेका छन्, जसले धनीको घरबाट चोरेर त्यो पैसा गरिबलाई बाँडिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...