मुख्य समाचार
राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित
राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित गरेको छ।


भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले दिएको १४२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ७ विकेट गुमाउँदै ४२.५ ओभरमा १४५ रन बनाउँदै जित हासिल गरेको हो।

त्रिभुवन आर्मीका लागि आठौं विकेटका लागि सोमपाल कामी र कुशल मल्लले ५८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३१ रनको अविजित पारी खेले।



उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय तीर्थ राज दास र सन्तोष कार्की समान ३ रनमा पेभेलियन फर्किए। तेस्रो क्रमका इम्रान शेखले ११ रन बनाए।

वसिर अहमद १३ रन बनाउँदै क्याच हुँदा विवेक यादवले २६ रन बनाए। ८७ मा ७ विकेट गुमाएको आर्मीका लागि सोमपाल र कुशलको साझेदारी निकै महत्वपूर्ण रह्यो। सोमपाल कामी २२ रनमा अविजित रहे। उनले ५१ बलमा १ चौका प्रहार गरे। उनले ४२.५ ओभरमा टिमको जितका लागि १ रन चाहिएको अवस्थामा चौका प्रहार गर्दै जित दिलाएका हुन्।

एपीएफका लागि कमल सिंह ऐरी, अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। किशोर महतोले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको एपीएफ ४२.३ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन बनाए। उनले ९१ बलमा ९ चौका प्रहार गरेका हुन्। शीर्ष क्रममा ४ ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा एपीएफको ब्याटिङ धरापमा परेको थियो। अमर सिंह रौतेला र भुवन कार्कीले समान ११–११ रन बनाए। किशोर महतो ११ रनमा वसिर अहमदबाट बोल्ड हुँदा अन्तिम ब्याटर अभिषेक गौतम शून्यमा अविजित रहे।

आर्मीका लागि आकाश चन्दले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिँदा साहब आलमले २ र वसिर अहमदले १ विकेट लिए।

एपीएफको यो दोस्रो हार हो। ५ खेलमा एपीएफले ३ जित र २ हार रहेको छ। नेपाल पुलिससँग हार बेहोरेको एपीएफले आज अर्को विभागीय डर्बीमा पनि पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...