मुख्य समाचार
एनओसी अवैध रहेको मन्त्रालयको दाबी
एनओसी अवैध रहेको मन्त्रालयको दाबी

— नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई ‘तथाकथित’ को संज्ञा दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार यो संस्था अवैध रहेको र उसका काम सबै गैरकानुनी हुने बताएका छन् ।


मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एनओसीबिना पनि अन्तर्राष्ट्रिय सहभागिता हुन सक्ने दाबी गरे र भने, ‘समस्या समाधान गर्न छलफलका लागि मलाई कसैले सम्पर्क गरेको छैन ।’


एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको आलोचना गरेपछि मन्त्री चौधरीले त्यसको जवाफ दिन खोजेका हुन् । उनले एनओसीले लगाएका सबै आरोप निराधार रहेको भन्दै त्यसको खण्डन गरे । उनले एनओसीका पदाधिकारीलाई विदेश जानबाट रोक्ने क्रम जारी रहने पनि बताए । उनले खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागितामा भने कुनै अवरोध नहुने पनि बताए ।

पछिल्लो पटक एनओसी महासचिव राजीव श्रेष्ठलाई अध्यागमन विभागबाट विदेश जान रोक लगाएपछि उनी उच्च अदालत गएका थिए । तर उच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले एनओसी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको संस्था भएको र यसले गैरकानुनी काम गर्दै आएको हुनाले उसका गतिविधि र निर्णयको कुनै महत्त्व नहुने पनि बताए ।

उनले एनओसी अध्यक्ष श्रेष्ठ तेस्रोपल्ट अध्यक्ष चुनिनु नेपालको कानुनविपरीत रहेको पनि दाबी गरे । उनले भने, ‘उनलाई नै किन सधैं अध्यक्ष बन्नुपर्ने ? एनओसीको पछिल्लो निर्वाचन २०७६ को भदौमा भएको थियो । त्यस कार्यकाल सकिएपछि चुनाव गर्नुपर्ने थियो । तर त्यही कार्यकाल लम्ब्याएर २०८१ पुसमा निर्वाचन गराउने एनओसीकै विधानविपरीत हो ।’

Sunrise bank
Nepal Life Insurance

सरकारी आदेशकै कारण आइतबार सातदोबाटोस्थित एनओसी कार्यालय प्रहरी नियन्त्रणमा रहेको थियो । मन्त्री चौधरीले एनओसीले गर्ने भनेको विशेष साधारणसभा पनि अवैध हुने भन्दै त्यसमा सहभागी नहुन पनि खेल संघहरूलाई चेतावनी दिए । पत्रकार सम्मेलनका अवसरमा मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद तोकिएको समयमै हुने दाबी पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...