मुख्य समाचार
न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै लिग कप जितेको छ
न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै लिग कप जितेको छ

— न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै आइतबार लिग कप जितेको छ । वेम्बलीमा भएको फाइनलमा उसले लिभरपुलमाथि २–१ को जित निकालेको हो । न्युकासलले यसअघि सन् १९६९ मा अन्तिम पटक उपाधि जितेको थियो ।


डन बर्न र एलेक्जान्डर इसाकले न्युकासलका लागि गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेट फेडरिको चिसाले लिभरपुलका लागि एक गोल फर्काए । न्युकासलले सन् १९६९ मा इन्टर सिटी फियर्सकप जितेको थियो ।


यस्तै, उसले सन् १९५५ यता पहिलो घरेलु कप जितेको छ । त्यति बेला उसले एफएकप हात पारेको थियो । यो सिजन लिभरपुलको कप उपाधि जित्ने सम्भावना समाप्त भएको छ । लिभरपुल युरोपेली च्याम्पियन्स लिग र एफएकपबाट पनि बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...