मुख्य समाचार
अमेरिकी विदेश मन्त्रालयको चेतावनीः जारी भएका भिसा पनि रद्द हुन सक्छ
अमेरिकी विदेश मन्त्रालयको चेतावनीः जारी भएका भिसा पनि रद्द हुन सक्छ

। अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो ।

सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ।




मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निकाला गर्नेछौं ।’

आप्रवासीमाथि कडाइ गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासीहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न बाध्य बनाउने नीति लिएको छ । यसले अमेरिकामा भिसा दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई पनि सचेत गराएको छ।




यसअघि ट्रम्प प्रशासनले ग्रीन कार्ड पाएका आप्रवासीहरूले पनि सधैं अमेरिका बस्न नपाउने पनि हुनसक्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनको सहयोगमा भूउपग्रह प्रक्षेपण गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ,‘उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ। यसले पाकिस्तानलाई सहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न, ...
: अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको नेभल एयर स्टेशन लेमूर नजिकै एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो। अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिए। घटनाबारे एनएएस लेमूरले विज्ञप्ति जारी गर्दै पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्केका र अन्य कुनै पनि कर्मचारी प्रभावित नभएको जनाएको छ। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि विपक्षीहरू दलहरूले केन्द्र सरकारमाथि तीखो टिप्पणी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्रम्पले गरेको यो घोषणा खराब दिनको सुरुवात भएको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने,'यो नराम्रो दिनको सुरुवात हो। किनकि यस देशका युवाहरूलाई रोजगारी चाहिन्छ। यदि यस्ता अवरोधहरू छन् ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट निर्यात हुने सामानमा १५ प्रतिशत कर लगाउने बताएका छन्। उनको यो घोषणा दक्षिण कोरियासँगको व्यापार सम्झौता पछि आएको हो। ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ। संयुक्त राज्य अमेरिका दक्षिण कोरियासँग व्यापार सम्झौतामा पूर्ण रूपमा सहमत भएको छ,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे। दक्षिण कोरियाली राष्ट्रपति ली ...
: भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसलाई के गर्छ भन्ने कुरा आफूलाई मतलब नभएको बताएका छन्। ट्रम्पले भनेका छन्,'भारतले रुसलाई के गर्छ मलाई मतलब छैन।' यसअघि बुधबार ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल ...