मुख्य समाचार
स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने
स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने

। स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

खुला प्रतिस्प्रर्धामा गए सेवा अवधि नजोडिने भएकाले सेवा अवधि जोडिने गरी खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने सरोकारवालाहरूको माग थियो ।


त्यसआधारमा संसदीय उपसमितिले स्वास्थ्य सेवा र संसद्‌ सेवाका कर्मचारीले निजामतीमा खुला प्रतिस्पर्धा गर्न पाउने विषयमा सहमति जुटाएका हुन् । यसलाई मूल समितिले अनुमोदन गरेको खण्डमा सभाबाट पास भएर अगाडि बढ्नेछ ।

संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समिति अन्तर्गत गठित उपसमितिमा दफावार छलफलमा छ ।


गत फागुन ९ गते राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको थियो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा गठित उपसमितिमा सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन्। वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहलकदमी गर्ने जनाइएको छ। मस्कोले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध ...
। गएको शनिबारदेखि भारतबाट दिनको समयमा मात्रै बिजुली आयात हुन थालेपछि औद्योगिक क्षेत्रमा दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ सुरु भएको छ । देशका अधिकांश क्षेत्रका उद्योगलाई नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरूले सम्पर्क गरेरै कम्तीमा १२ घण्टा लोडसेडिङमा बस्नुपर्ने जानकारी गराएको उद्योगहरूले जनाएका छन् । शुक्रबारसम्म पिकआवरका चार घण्टाबाहेक दैनिक २० घण्टाका दरले भारतबाट विद्युत् आयात भइरहेको थियो ...
: विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको हो। त्यस क्रममा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्। आइतबार राति १२ बजे क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको ...
। पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ । यस समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् । सदस्य भनी नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशरबहादुर विष्टसँगै लिङ्देन र थापाले आफूलाई यस समिति ...
: डेडिकेटेड तथा ट्रंकलाइन विवादलाई समाधान गर्न गठित प्राविधिक समितिलाई काम गर्न रोक लगाएको सम्बन्धमा सर्वोच्च अदालतको लिखित अन्तरिम आदेश आएको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल समितिको काम कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले आइतबार समितिको काम कारबाही रोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले सोमबार सार्वजनिक गरेको लिखित ...