मुख्य समाचार
कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित
कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित गरेको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेको कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको हो।


कोशीका लागि शीर्ष क्रममा ३ ब्याटरबाहेक अरू कसैले पनि दोहोरो अंकमा रन बनाएनन्। कोशीका लागि ओपनर चिराग शाहले सर्वाधिक २५ रन बनाए। उनले ५२ बल खेल्दै ४ चौका प्रहार गरेका हुन्। अर्का ओपनर सकिब हकले १३ र कप्तान अंकित सुवेदीले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका लागि दिपेन्द्र रावत र सुनिल धमलाले समान ३–३ विकेट लिए। कप्तान दिवान पुनले २ र अनुज चनाराले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।



कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ८८ रनको अविजित पारी खेले। उनले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय सुनिल धमलाले र विपिन रावलले क्रमशः १३ र १० रन बनाए। निश्चल रावलले २० रन, हिमान्शु शाहीले ४६ रन बनाउँदै क्याच भए। प्रकाश जैशीले १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोशीका लागि विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दिपेश कँडेल र प्रकाश कार्कीले २–२ विकेट लिँदा श्रवण किस्कु र सुजन थपलियाले १–१ विकेट लिए। यो जितसँगै कर्णालीले अंक तालिकामा छलाङ मारेको छ। ५ खेलमा २ जित र ३ हार बेहोरेको कर्णाली ४ अंकसहित पाँचौं स्थानमा उक्लियो। कोशी भने ६ खेलमा १ मात्र जितसहित तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...