मुख्य समाचार
अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने
अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने

: अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने भएका छन्।


विश्वकप छनोटको खेलका लागि उनले ब्राजिल र उरुग्वे विरुद्धको खेल गुमाउने भएका हुन्। सोमबार प्रशिक्षक लिओनल स्कोलोनीले घोषणा गरेको २६ सदस्यीय टिममा मेसीको नाम छैन।

उनी ग्रोइन समस्या(देब्रे तिघ्राको समस्या)का कारण इन्टर मियामीको पछिल्ला ३ खेल गुमाएपश्चात उनको नाम अर्जेन्टिनी टिममा नराखिएको हो। उनले कति समयपछि खेलमा फकर्ने भन्ने कुरा उनको चोट रिकोभरीमा भर पर्ने मियामीले बताएको छ।



मेसीसँगै अर्जेन्टिनी टिमबाट पाउलो डिबाला, गोन्जालो मोन्टिएल र जियाभानी लो सोल्सो पनि चोटका कारण टिमबाट बाहिर छन्। अर्जेन्टिनाले विश्वकप छनोटको १२ खेलबाट २५ अंक जोडेको छ। अर्जेन्टिनाले बाँकी २ खेलमा जित हासिल गरेमा विश्वकप २०२६ मा छनोट हुन सक्छ।

अर्जेन्टिनाले २१ मार्चमा उरुग्वेसँग र २५ मार्चमा ब्राजिलसँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...