मुख्य समाचार
सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ
सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ

: सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ ।


मंगलबार काठमाडौंमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारिहरूले नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेका हुन् ।

नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा खेल्ने तालिका छ ।



बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए ।

नयाँ कोच भए पनि त्यसलाई सबैले सहज रूपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनले बताए । उनले अबको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफको राम्रो तयार हुनेसमेत उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टिम निर्माण भएको बताए ।

२३ सदस्यीय टोली बनाउँदा केही खेलाडी छुटे पनि मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेलमा राम्रो नजिता आउनेमा आफू सकारात्मक रहेको उनको भनाइ छ ।

उनले जारी गरेको टिममा गोलकिपर अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र फर्वाड सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

फर्वाड रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टोलीमा फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...