। पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति घोषणा गरिएको छ । यस समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् ।
सदस्य भनी नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशरबहादुर विष्टसँगै लिङ्देन र थापाले आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफूहरू नबस्ने बताए ।
लिङ्देनले अनलाइनखबरसँग भने, ‘समिति निर्माण प्रक्रियाबारे मलाई कुनै जानकारी छैन । यस्तो एकलौटी पारामा गठन गरेपछि बस्ने कुरै आउँदैन । तर राजसंस्थाको पक्षमा हुने जुनसुकै अभियानमा राप्रपाको साथ सहयोग हुन्छ ।’
थापाले भने, ‘समिति बनेको छ भनेर मलाई थाहा थिएन । यसरी गठन भएको समितिमा बस्ने कुरै आउँदैन ।’
विष्टले कार्यक्रममा बोल्दै दलगत रुपमा आएका व्यक्तिहरूले चलाउने समितिमा आफू नबस्ने भनी नाम हटाउन माग गरे ।
यस्तै सल्लाहकार राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाए ।