मुख्य समाचार
विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट
विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट

: विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ।


तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको हो। त्यस क्रममा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्। आइतबार राति १२ बजे क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको प्रहरी स्रोतले बतायो।

क्यासिनोभित्र गिरी थिए। उक्त क्यासिनोमा गिरीलगायतको लगानी रहेको बताइन्छ। प्रहरी स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको हो। कँडेलसहितले गिरीलाई गमलाले प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए। उनका अनुसार गिरीको टाउको फुटेको छ।



घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुबै समूह भागिसकेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन्। निकेश अपराधिक पृष्ठभूमिका अभिषेक गिरीका भतिज हुन्। जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको डीएसपी जोशीले बताए।

प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा थिए। राति करिब १२ बजे कँडेल र लामा क्यासिनोमा पुगे। बाउन्सरले उनीहरूलाई प्रवेश गर्नबाट रोके। बारम्बार भित्र छिरेर लफडा गर्ने गरेका कारण रत्नाको क्यासिनोमा उनीहरूलाई प्रवेश निषेध छ। कँडेलले क्यासिनो प्रवेश गरेर पटक–पटक झगडा गरेको विगत छ।

बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे। उनी अभिषेकका भतिज हुन्। बाउन्सरले निकेशलाई भित्र जान दिएपछि मदिरा सेवन गरेका कँडेल र लामाले रोक्न खोजे।

त्यसपछि ‘हामीलाई छिर्न नदिने’ ? भन्दै निकेशमाथि उनीहरूले हातपात गर्न थाले। निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए। अभिषेक सधैँ ५–६ जनाको समूहमा हिँड्छन्। ‘अभिषेक बाहिर आएपछि दुई समूहबीच भनाभन भयो। पछि कुटाकुट हुन थाल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन्। तर, प्रहरी पुग्नुअघि भागे।’ प्रहरी स्रोतका अनुसार कँडेलले गमलाले गिरीको टाउकोमा प्रहार गरेका थिए।

कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरूको घर पुगेको थियो। दुवै पक्ष मिटरब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो। जग्गाको कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन्। लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन्। उनलाई विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

कँडेल पटकपटक विवादमा आइरहन्छन्। मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन्। २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो। २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो। २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए।

केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो। विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय कँडेलसहितले पूर्वमन्त्री तथा नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरा दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र उनका साथी २७ वर्षीय बालकृष्ण चौधरीलाई गत भदौ १ गते आक्रमण गरेपछि ज्याज मार्ने उद्योगको जाहेरी परेको थियो। २०८० पुस २७ गते होटल बिगको क्यासिनो भित्र भएको विवादका कारण बाहिर कँडेलमाथि खुकुरी प्रहार भएको थियो। कँडेलको गुण्डागर्दी विराटनगरको बसपार्कबाट सुरु भएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेस नेताहरूको संरक्षण छ। गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साल साउन तेस्रो साता पक्राउ परेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका हुन्। कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउँछन्। समाजेवी भएको दाबी पनि गर्छन्।

कांग्रेसका कार्यक्रमहरूमा पनि देखा पर्छन्। कारागारबाट छुटेपछि उनले ‘गिरी फाण्डेशन’ खोलेका छन्। गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी ‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन्। कारागारमा हुँदा चौकीदार भएका गिरी पटकपटक विवादमा आइरहन्छन्।

कारागारबाट छुटेपछि पनि विवादमा आइरहेका छन्। विभिन्न व्यवसायीलाई धम्क्याउने गरेको आरोप उनीमाथि छ। विराटनगरमा खुलेआम मिटरब्याजको धन्दा चलाइरहँदा पनि उनीमाथि कारबाही नभएको गुनासो व्यवसायीहरूले गर्ने गरेका छन्। उनले ठेक्कापट्टामा पनि हात हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निगरानी बाहिर एनजीओ/आईएनजीओबाट समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् । मंगलवार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तर रुपमा खर्च हुने गरेको तर सरकारले ...
। सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनकालगायत घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्ने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले यस्तो जानकारी दिएका हुन् । मन्त्री चौरसियाका अनुसार शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । शान्ति प्रक्रिया ...
। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ । यसरी नागको पूजा गर्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक ...
। संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुर १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।
। तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ । तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो । सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको ...