मुख्य समाचार
टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी
टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी

— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ ।

योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय सामाजिक सञ्जालमध्ये एक टिकटकको भविष्य के हुने भन्ने अन्योल छ । बाइटडान्सले टिकटक नबेचेपछि गत जनवरीमा अमेरिकामा दुई दिनजति टिकटक प्रतिबन्धित नै भएको थियो ।


अमेरिकी सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमलाई कारण देखाउँदै यस एपको अमेरिकी स्वामित्व कि त स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने वा एपमाथि प्रतिबन्ध लगाइने कानुन लागू गरेको छ । यस विषयमा निर्णय गर्न बाइटडान्सलाई सुरुमा गत १९ जनवरीसम्मको समयसीमा दिइएकामा ट्रम्पले ७५ दिन थपिदिएका हुन् ।

टिकटकको अमेरिकी व्यवसाय बिक्री भएमा लगभग ५० अर्ब अमेरिकी डलर आसपास मूल्य रहने एनबीसीका बजार विश्लेषकको अनुमान छ । सञ्चारमाध्यममा आएका समाचारमा अमेरिकी अर्बपति रेड र्‍यासनरले झन्डै ४८ अर्ब अमेरिकी डलरमा टिकटक खरिद गर्न तयार रहेको प्रस्ताव बाइटडान्सलाई पठाइसकेका छन् ।

यस्तै, रेडिटका सहसंस्थापक एलेक्सिस ओहानियनले टिकटक खरिद गर्न लस एन्जेल्सका धनाढ्य फ्र्यांक म्याककोर्टलाई सघाउने बताएका छन् । सफ्टवेयर कम्पनी ओर्‍याकलले भने टिकटक खरिदका लागि ह्वाइट हाउसबाटै कुरा अघि बढाइरहेको अमेरिकी सञ्चारमाध्यम पोलिटिकोको विश्लेषण छ ।


टिकटकले ठूलो संख्यामा अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक संकलन गर्ने र त्यसको दुरुपयोगसमेत हुन सक्ने आशंका व्यक्त गर्दै अमेरिकी प्रशासनले टिकटकमाथि प्रतिबन्धको अल्टिमेटम दिएको थियो । ट्रम्पले थप गरेको ५ अप्रिलको समयसीमा नजिकिँदै गर्दा अघिल्लो साता एयरफोर्स वानमा आयोजित एक कार्यक्रममा उनले चार विभिन्न समूह टिकटकको अमेरिकी व्यवसाय खरिद गर्न इच्छुक रहेको खुलासा गरेका थिए । इच्छुक खरिदकर्तामा प्रोजेक्ट लाइब्रेरीको नेतृत्व गरिरहेका लस एन्जलस डोजर्सका पूर्वमालिक फ्र्यांक म्याककर्ट र इन्भेस्टमेन्ट बैंकर स्टिभन मन्युसनलगायत देखिएका छन् ।

मेटा, गुगल, ओर्‍याकल, माइक्रोसफ्ट, वालमार्टदेखि चर्चित युट्युबर मिस्टर बिस्टसमेत टिकटकका सम्भावित खरिदकर्ताका रूपमा आएका छन् । यी सबै लगानीकर्ताको आ–आफ्नै समूह बनाएर अमेरिकामा आकर्षक मानिएको टिकटकको व्यवसाय खरिद गर्ने दाउमा छन् ।



एसोसिएटेड प्रेसका अनुसार अमेरिकी एआई कम्पनी ‘पर्प्लेक्सिटी एआई’ ले पनि टिकटकलाई आफ्नो अमेरिकी सञ्चालन पर्प्लेक्सिटीमा गाभ्न प्रस्ताव गरेको छ । युट्युबर मिस्टर बिस्ट (जिम्मी डोनाल्डसन) ले केही लगानीकर्तासँग मिलेर टिकटक किन्ने छलफल अघि बढाएको उनका प्रवक्ता म्याथ्यु हिल्जिकले एपीलाई बताएका थिए ।

यसैबीच ट्रम्पले टिकटक खरिद–बिक्रीको मध्यस्थ गर्ने जिम्मेवारी अमेरिकी उपराष्ट्रपति जेडी भान्स र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई दिएका छन् । भान्सले शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा चासोको सम्बोधन हुने गरी तोकिएको समयसीमाभित्रै टिकटक खरिद–बिक्री सम्झौता सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।

अमेरिकी प्रयोगकर्ताको तथ्यांकमा हुन सक्ने सम्भावित उल्लंघन र विदेशी विज्ञापनदाताले अमेरिकी नागरिकलाई पार्न सक्ने प्रभावबाट जोगाउन आफूहरूले यस्तो कदम चालेको भान्सको भनाइ थियो । ‘यस्तो व्यापक पहुँच र प्रभाव भएको प्लाटफर्म विदेशी कम्पनीको प्रत्यक्ष प्रभावमा रहँदा त्यसले राष्ट्रिय सुरक्षामा ल्याउन सक्ने जोखिमबारे हामी जानकार छौं,’ भान्सको भनाइ थियो ।

बाइटडान्सले भने अमेरिकी संसद्लगायत स्थानमा दिएका आधिकारिक बयानमा आफूहरूले प्रयोगकर्ताको डेटा दुरुपयोग नगरेको र अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित विषय अमेरिकाबाहिर नजाने हुँदा अमेरिकी सरकारका आरोप फगत आशंका मात्रै भएको प्रतिवाद गर्दै आएको छ । बाइटडान्स र कतिपय अमेरिकी टिकटक प्रयोगकर्ताले पनि एपमाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई उल्लंघन गर्ने बताउँदै आएका छन् ।

सन् २०१७ मा टिकटकले अमेरिकी बजारमा प्रवेश गरेदेखि नै यससम्बन्धी विवाद सुरु भएको हो । डेटा गोपनीयतासम्बन्धी चिन्तालाई मध्यनजर गर्दै अमेरिकाले सन् २०१९ देखि बाइटडान्समाथि निगरानी सुरु गरेको थियो । सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पले टिकटकलाई राष्ट्रिय सुरक्षामा खतरा पार्ने भन्दै प्रतिबन्ध प्रस्ताव गरेका थिए । अदालतको आदेशले त्यतिबेला प्रतिबन्ध रोकिए पनि सन् २०२१ मा जो बाइडेन प्रशासनले त्यसलाई फेरि अघि बढाएको थियो । सन् २०२४ मा अमेरिकी संसद्बाट कानुन नै पारित भएपछि टिकटकले कि त अमेरिकी व्यवसाय बिक्री गर्ने नभए अमेरिकामा प्रतिबन्ध सहने गरी अल्टिमेटम पाएको थियो ।

अमेरिकी सरकारको निर्णय आएलगत्तै दुई फरक खालका गतिविधि प्रविधि बजारमा देखा परेको फोर्ब्सको विश्लेषण छ । एक थरीले

टिकटक प्रतिबन्धित भएमा त्यहाँको ठूलो प्रयोगकर्ता संख्या आफ्नातर्फ आकर्षित हुने र आफूलाई फाइदा पुग्ने आकलन गरेका छन् । अमेरिकी व्यवसाय आफूले लिन सके आफ्नो बजार प्रभुत्व अझै बढ्ने अर्को थरी कम्पनीको आशा छ ।

बाइटडान्सले टिकटकमाथिको सम्भावित प्रतिबन्ध रोक्न माग गर्दै अमेरिकी अदालतमा दायर गरेका मुद्दामा असफलता पाइसकेको छ । कम्पनीले सुरुमा कानुनी विकल्प खोज्ने र नभएमा प्रतिबन्ध सहने बताउँदै आएको छ । ट्रम्पले भने आफूले टिकटकलाई बचाउन चाहेको भन्दै चीनसँग यस विषयमा कुरा गर्ने र आफूले दिएका चार विकल्पमध्ये एक चीनले स्वीकार गर्ने आशा व्यक्त गर्दै आएका छन् ।

प्रयोगकर्ताका आधारमा अमेरिका टिकटकको सबैभन्दा ठूलो बजार हो । चीनले बाइटडान्समाथि अमेरिकाको कानुनी अड्चनलाई राजनीतिक रूपमा अभिप्रेरित र प्रतिस्पर्धाबाट डराएको कदमका रूपमा व्याख्या गर्ने गरेको छ । यो साता टिकटकको अमेरिकामा भविष्य के हुने र ट्रम्प प्रशासनले खेल्न खोजेको मध्यस्थकर्ताको भूमिका सफल हुने वा नहुने स्पष्ट हुनका लागि महत्त्वपूर्ण रहेको एनबीसी न्युजले उल्लेख गरेको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबुलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको ...
। युनिभर्सिटी अफ मिसिगनका वैज्ञानिकहरूले चराको विकासक्रमसम्बन्धी अध्ययनमा एआईको प्रयोग गरेका छन्। उनीहरूले चराहरूको विकासक्रम एकनासले नभई निश्चित समयमा तीव्र गतिमा भएको पत्ता लगाएका छन्। चराको शारीरिक बनावटमा आएका ठूला परिवर्तनहरू पृथ्वीको जलवायुमा आएको फेरबदलसँग मिलेका छन्। विकासक्रमको सिद्धान्तले जीवनको विविधता द्रुत परिवर्तन र त्यसपछिको सुस्त गतिबाट हुने अनुमान गर्दै आएको थियो। जीवाश्महरूले यसको सङ्केत दिए ...
। सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज ढकालका अनुसार ...
। टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने विपत्बारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपत्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । ...
। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम