मुख्य समाचार
भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा परी दार्चुलाका एक जनाको मृत्यु
भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा परी दार्चुलाका एक जनाको मृत्यु

— भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा परी दार्चुलाका एक जनाको मृत्यु भएको छ ।

सोमबार राति राजस्थानस्थित जयपुरमा मोटरसाइकल दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको मृत्यु भएको हो ।


स्थानीय कृष्ण जोशीका अनुसार कामबाट बस्ने ठाउँमा फर्किरहेका बेला मोटरसाइकल दुर्घटनामा परेको हो । जोशीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतक करनका घरमा आमाबुबा, पत्नी र तीन छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । 'सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० ...
: २५ करोड अवैध रकम बरामदको घटना संसदमा प्रवेश गरेको छ। मंगलबार नेपाल प्रहरीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट बरामद २५ करोड बढी विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेपछि संसदमा खैलाबैला मच्चिएको हो। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले उक्त विषय उठाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग ...
— सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ परेका छन् । नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु हुने उनले बताए । 'हामीकहाँ यो विषय ...
— पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका ...
: मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ। क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर निर्वाचित भए। योसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको विरासत फिर्ता आयो। उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित बन्न पुगे। उनै छोइसाङले ५ चैत २०७९ मा भएको स्ववियु निर्वाचनमा सभापति जित्दै अनेरास्ववियुको विरासत ...