: बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा डोटीबाट चार हजार ६२ जना परीक्षार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार दुई हजार २ सय २२ जना छात्रा र एक हजार ८ सय ४० जना छात्र यस बर्षको एसईई परीक्षामा सहभागी हुने भएका छन्। जसमा तीन सय ८२ जनाको संख्यामा छात्रा बढी रहेका छन्।
जसमा नियमितमा साधारण तर्फ एक हजार ४०७ जना छात्र र एक हजार ५२० छात्रा गरी जम्मा २ हजार नौ सय २७ जना विद्यार्थी सहभागी हुँदैछन्। त्यसैगरी नियमितमा प्राविधिक तर्फ ६३ छात्र र ५५ छात्रा गरी एक सय १८ जना विद्यार्थी रहेका छन्।
त्यस्तै डोटीमा ग्रेडवृद्धि तर्फ तीन सय ७० छात्र र छ सय ४७ छात्रा गरी जम्मा १ हजार १७ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्। गत वर्षको तुलनामा डोटीबाट एसईई दिने विद्यार्थीको संख्यामा आठ सय ४५ ले वृद्धि भएको छ। गत वर्ष तीन हजार २१७ जना विद्यार्थीहरू एसईईमा सहभागी रहेका थिए।
डोटीमा एसईई परीक्षाको तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भिम प्रसाद पनेरुले बताए। यस वर्ष डोटीमा जम्मा १५ वटा परीक्षा केन्द्र तोकिएको पनेरुले बताए।