मुख्य समाचार
सडक क्षेत्राधिकारभित्र पर्ने संरचना तत्काल हटाउन वीरगन्जका सरकारी कार्यालय प्रमुखहरूले प्रतिबद्धता
सडक क्षेत्राधिकारभित्र पर्ने संरचना तत्काल हटाउन वीरगन्जका सरकारी कार्यालय प्रमुखहरूले प्रतिबद्धता

— सडक क्षेत्राधिकारभित्र पर्ने संरचना तत्काल हटाउन वीरगन्जका सरकारी कार्यालय प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् । वीरगन्ज महानगरपालिकाले मंगलबार आयोजना गरेको बैठकमा सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरुले उक्त प्रतिबद्धता गरेका हुन् । सर्वोच्च अदालतले गत फागुन २८ मा वीगन्जको मुख्य सडक विस्तारको पक्षमा फैसला गरेको थियो ।


अब मुख्य सडकको दायाँ र बायाँ २५/२५ मिटरभित्र पर्ने संरचना भत्काइने भएको छ । यसअघि वीरगन्ज भन्सार कार्यालय, नारायणी सिँचाइ कार्यालय र नेपाल बैंक लिमिटेड सिटी अफिसले सडक क्षेत्राधिकार भित्रका आफ्ना संरचना भत्काइसकेका छन् ।

वीरगन्जका मेयर राजेशमान सिंहले पहिलो चरणमा सरकारी कार्यालयले आफ्ना संरचना हटाइदिए सर्वोच्चको फैसला कार्यान्वयनमा सहज हुने बताए । अदालतको आदेशानुसार सडक विस्तार सडक डिभिजन कार्यालयको सहकार्यमा अघि बढ्ने उनको भनाइ छ । बैठकमा सार्वजनिक सेवा प्रवाहमा अवरोध नगरी सडक सीमा निर्धारण र संरचना हटाउने प्रक्रिया लगायतका प्राविधिक पक्षबारे छलफल भएको थियो ।

नेपाल टेलिकमका रामप्रसाद शर्माले टेलिकमका संवेदनशील उपकरण तथा नेटवर्किङ तार व्यवस्थापनका लागि केही समय लाग्ने जनाएका थिए । सेवाग्राहीलाई समस्या नहुने गरी कार्यालयले व्यवस्थापन गर्ने उनले बताए । नेपाल विद्युत प्राधिकरणले सडक विस्तार कार्यलाई सहजीकरण गर्न पोल स्थानान्तरण गर्ने जनाएको छ ।


यसैगरी खानेपानी कार्यालयले पनि पाइपलाइन व्यवस्थापनका लागि प्राविधिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सडक सीमा निर्धारण यसअघि नै भइसके पनि केही स्थानमा संकेत चिह्न मेटिएको छ । चिह्न लगाउने काम सडक डिभिजन कार्यालय हेटौँडाको नेतृत्वमा नापी र मालपोत कार्यालयले एक साताभित्र गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । 'सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० ...
: २५ करोड अवैध रकम बरामदको घटना संसदमा प्रवेश गरेको छ। मंगलबार नेपाल प्रहरीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट बरामद २५ करोड बढी विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेपछि संसदमा खैलाबैला मच्चिएको हो। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले उक्त विषय उठाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग ...
— सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ परेका छन् । नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु हुने उनले बताए । 'हामीकहाँ यो विषय ...
— पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका ...
: मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ। क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर निर्वाचित भए। योसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको विरासत फिर्ता आयो। उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित बन्न पुगे। उनै छोइसाङले ५ चैत २०७९ मा भएको स्ववियु निर्वाचनमा सभापति जित्दै अनेरास्ववियुको विरासत ...