मुख्य समाचार
रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण
रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण

— रुसी सेनाले बुधबार युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना लामो युद्धविराम प्रस्ताव अस्वीकार गरेसँगै रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण गरेको हो ।


पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको केही घण्टामा सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२ कर्मचारीहरू थिए ।

त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो ।युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीहरूले आक्रमणका कारण अस्पतालमा भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबारको टेलिफोन वार्तामा पुटिनले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए । तर उनले अमेरिकाले राखेको ३० दिने युद्धविराम भने अस्वीकार गरेका थिए ।

तर पुटिनले ३० दिनको अविधमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा बुधबारदेखि रुस र युक्रेनले १ सय ७५ युद्धबन्दीहरू साटासाट गर्ने सहमति भएको छ । त्यसमा रुसले आफ्नो देशमा उपचार भइरहेका गम्भीर घाइते २३ युक्रेनी सैनिकहरू हस्तान्तरण गर्नेछ ।



दुवै राष्ट्रपतिले मध्यपूर्वमा भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्न सम्भावित सहयोगबारे पनि छलफल गरेका सीएनएनले जनाएको छ । वार्ताका क्रममा 'रणनीतिक हतियारको प्रसार रोक्नु आवश्यक भएको' विषयमा कुराकानी भएको छ । त्यस्तै, ट्रम्प र पुटिनबीच इरानले इजरायललाई ध्वस्त पार्ने उद्देश्य राख्न नहुनेमा पनि सहमति भएको छ ।

दुई नेताहरूबीचको फोन वार्तापछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसी राष्ट्रपति पुटिनले राखेको अमेरिका-रूस हक्की खेल आयोजना गर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरेको जनाएको छ । 'डोनाल्ड ट्रम्पले एनएचएल र केएचएलमा खेल्ने रुसी र अमेरिकी खेलाडीबीच अमेरिका र रूसमा हक्की खेल आयोजना गर्ने भ्लादिमिर पुटिनको विचारलाई समर्थन गर्नुभएको छ,' क्रेमलिनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...