मुख्य समाचार
रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण
रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण

— रुसी सेनाले बुधबार युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना लामो युद्धविराम प्रस्ताव अस्वीकार गरेसँगै रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण गरेको हो ।


पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको केही घण्टामा सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२ कर्मचारीहरू थिए ।

त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो ।युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीहरूले आक्रमणका कारण अस्पतालमा भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबारको टेलिफोन वार्तामा पुटिनले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए । तर उनले अमेरिकाले राखेको ३० दिने युद्धविराम भने अस्वीकार गरेका थिए ।

तर पुटिनले ३० दिनको अविधमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा बुधबारदेखि रुस र युक्रेनले १ सय ७५ युद्धबन्दीहरू साटासाट गर्ने सहमति भएको छ । त्यसमा रुसले आफ्नो देशमा उपचार भइरहेका गम्भीर घाइते २३ युक्रेनी सैनिकहरू हस्तान्तरण गर्नेछ ।



दुवै राष्ट्रपतिले मध्यपूर्वमा भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्न सम्भावित सहयोगबारे पनि छलफल गरेका सीएनएनले जनाएको छ । वार्ताका क्रममा 'रणनीतिक हतियारको प्रसार रोक्नु आवश्यक भएको' विषयमा कुराकानी भएको छ । त्यस्तै, ट्रम्प र पुटिनबीच इरानले इजरायललाई ध्वस्त पार्ने उद्देश्य राख्न नहुनेमा पनि सहमति भएको छ ।

दुई नेताहरूबीचको फोन वार्तापछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसी राष्ट्रपति पुटिनले राखेको अमेरिका-रूस हक्की खेल आयोजना गर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरेको जनाएको छ । 'डोनाल्ड ट्रम्पले एनएचएल र केएचएलमा खेल्ने रुसी र अमेरिकी खेलाडीबीच अमेरिका र रूसमा हक्की खेल आयोजना गर्ने भ्लादिमिर पुटिनको विचारलाई समर्थन गर्नुभएको छ,' क्रेमलिनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...