मुख्य समाचार
इजरायली आक्रमणमा १३ प्यालेस्टिनी मारिए
इजरायली आक्रमणमा १३ प्यालेस्टिनी मारिए

— इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो ।


प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार अल-मावासी आवासीय क्षेत्रनजिकैको अस्थाई शिविरमा गरिएको ड्रोन आक्रमणमा दुई जनाको ज्यान गएको हो । घटनामा पाँच जना घाइते भएका छन् ।

आईडीएफले भने हमासको सैन्य स्थलमा आक्रमण गरेको बताएको छ । उक्त स्थलबाट हमासले इजरायलमा गोली चलाउने तयारी गरिरहेको आईडीएफको दाबी छ । हमासद्वारा नियन्त्रित डुंगाहरूलाई पनि प्रहार गरिएको आईडीएफले जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहूले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाईं गर्ने’ बताएका थिए । दुई दिनयता गरिएका आक्रमण ‘सुरुवात मात्र’ भएको उनको दाबी छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मंगलबार राति गरिएको आक्रमणको स्तर त्यति ठूलो नभएको जनाएको छ ।

यसअघि इजरायलले सोमबार राति र मंगलबार बिहान गरेका आक्रमणमा ४ सय १३ जनाको ज्यान गएको थियो । उक्त आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो ।

उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन नसक्दा पुन: युद्ध चर्केको छ ।



प्रस्तावित दोस्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्ता गर्ने उल्लेख छ । तर इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो । म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न ...
। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ। हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ। दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि ५ वटा महत्त्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक ...
। युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ। आक्रमण हुनुभन्दा केही समयअघि मात्रै वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल सोही क्षेत्रबाट अघि बढेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ। युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार आइतबार पोल्यान्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेसनमा रोकिएको रेलको इन्जिनलाई रुसी ड्रोनले प्रहार गरेको थियो। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम