मुख्य समाचार
इजरायली आक्रमणमा १३ प्यालेस्टिनी मारिए
इजरायली आक्रमणमा १३ प्यालेस्टिनी मारिए

— इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो ।


प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार अल-मावासी आवासीय क्षेत्रनजिकैको अस्थाई शिविरमा गरिएको ड्रोन आक्रमणमा दुई जनाको ज्यान गएको हो । घटनामा पाँच जना घाइते भएका छन् ।

आईडीएफले भने हमासको सैन्य स्थलमा आक्रमण गरेको बताएको छ । उक्त स्थलबाट हमासले इजरायलमा गोली चलाउने तयारी गरिरहेको आईडीएफको दाबी छ । हमासद्वारा नियन्त्रित डुंगाहरूलाई पनि प्रहार गरिएको आईडीएफले जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहूले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाईं गर्ने’ बताएका थिए । दुई दिनयता गरिएका आक्रमण ‘सुरुवात मात्र’ भएको उनको दाबी छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मंगलबार राति गरिएको आक्रमणको स्तर त्यति ठूलो नभएको जनाएको छ ।

यसअघि इजरायलले सोमबार राति र मंगलबार बिहान गरेका आक्रमणमा ४ सय १३ जनाको ज्यान गएको थियो । उक्त आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो ।

उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन नसक्दा पुन: युद्ध चर्केको छ ।



प्रस्तावित दोस्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्ता गर्ने उल्लेख छ । तर इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...