मुख्य समाचार
नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ
नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागिय क्लब नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ । पुलिसले गण्डकीविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो ।


सिद्धार्थनगरस्थित,सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको ९३ रनको झिनो दिएको थियो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । उनले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल गण्डकीका कप्तान विपिन खत्रीको बलमा डक आउट भए । अमित श्रेष्ठले ७ रन बनाए । ओपनर अर्जुन साउद १८ र दिलिप नाथ १० अविजित रहे ।



गण्डकीका लागि सुवास भण्डारी र विपिन खत्रीले १–१ विकेट लिए । त्यसअघि,ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गरेका हुन् । रोहित चन्दले १० र सुवास भण्डारीले १० रन बनाए । अन्य कुनै पनि ब्याटरको ब्याटर चलेन ।

पुलिसका लागि ललितको स्पिन अट्याकले गण्डकीलाई धरापमा पार्यो । उनले ५.२ ओभरमा ५ विकेट लिए । उनलाई गुल्सन झाले साथ दिए उनले ८ ओभर बलिङ गर्दै १ मेडन सहित ४२ रन खर्चेर ४ विकेट लिए । ५ खेल खेलेको गण्डकीको यो पाँचौं हार हो । हालसम्म १ मात्र जित दर्ता गरेको गण्डकीले २ अंक मात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...