मुख्य समाचार
नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ
नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागिय क्लब नेपाल पुलिसले गण्डकी प्रदेशलाई हराउँदै छैटौं जित निकालेको छ । पुलिसले गण्डकीविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो ।


सिद्धार्थनगरस्थित,सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले दिएको ९३ रनको झिनो दिएको थियो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । उनले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल गण्डकीका कप्तान विपिन खत्रीको बलमा डक आउट भए । अमित श्रेष्ठले ७ रन बनाए । ओपनर अर्जुन साउद १८ र दिलिप नाथ १० अविजित रहे ।



गण्डकीका लागि सुवास भण्डारी र विपिन खत्रीले १–१ विकेट लिए । त्यसअघि,ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गरेका हुन् । रोहित चन्दले १० र सुवास भण्डारीले १० रन बनाए । अन्य कुनै पनि ब्याटरको ब्याटर चलेन ।

पुलिसका लागि ललितको स्पिन अट्याकले गण्डकीलाई धरापमा पार्यो । उनले ५.२ ओभरमा ५ विकेट लिए । उनलाई गुल्सन झाले साथ दिए उनले ८ ओभर बलिङ गर्दै १ मेडन सहित ४२ रन खर्चेर ४ विकेट लिए । ५ खेल खेलेको गण्डकीको यो पाँचौं हार हो । हालसम्म १ मात्र जित दर्ता गरेको गण्डकीले २ अंक मात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...