मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित
सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित

: सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।


प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले दिएको ११७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले ३१.१ ओभरमा लक्ष्य पूरा गरेको हो।

सुदूरपश्चिम प्रदेशका लागि किरण ठगुन्नाले सर्वाधिक ४३ रनको अविजित पारी खेले। उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर टेक रावत सस्तैमा आउट हुँदा अर्का ओपनर खडक बोहोराले ११ रन बनाए। प्रकाश पाण्डेले २२ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान नारायण जोशले २५ रनको अविजित पारी खेले।



लुम्बिनीका लागि बलिङतर्फ रमेश कुर्मीले सर्वाधिक २ विकेट लिए। निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए। शीर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिँदा देवले सम्हालिएको पारी खेलेका हुन्। उनले ७१ बलमा ४ चौका प्रहार गरे।

प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटरले दोहोरो अंकको रन जोड्न सकेन। सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चिए। सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २–२ विकेट लिए।

लुम्बिनी ६ खेलमा ४ जित र १२ हारसहित ८ अंक बटुलेको छ। आजको खेल जितेको भए लुम्बिनीको पनि फाइनल खेल्ने सम्भावना रहन्थ्यो। आजको हारले लुम्बिनीको शीर्ष २ मा पुग्ने लक्ष्यमा बाधा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...