मुख्य समाचार
सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ
सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ

— सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्ति पक्राउ परेका छन् । नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु हुने उनले बताए ।


'हामीकहाँ यो विषय आइसकेपछि सुक्ष्म तरिकाले यसको अनुसन्धान अघि बढाएका छौं,' पण्डितले भने, 'यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँछौं ।'

मिलेमतोमा भारतीयलाई नागरिकता, कारबाहीमा आलटाल

नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुबाआमा बनेका थिए ।

संसद्‍मा उठ्यो सिरहामा भारतीयलाई नागरिकता दिइएको विषय

नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले २ लाख भारु घुस लिएर नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको छ ।



तर, अहिलेसम्म यस विषयमा कुनै कारबाही नभएको तथ्यसहित कान्तिपुरले समाचार सार्वजनिक गरेपछि यो विषय संसद्‌मा पनि उठेको थियो । सांसद राजकिशोर यादवले वडाध्यक्ष सत्तारुढ एमालेका भएकाले उनलाई संरक्षण गरिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । 'सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० ...
: २५ करोड अवैध रकम बरामदको घटना संसदमा प्रवेश गरेको छ। मंगलबार नेपाल प्रहरीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट बरामद २५ करोड बढी विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेपछि संसदमा खैलाबैला मच्चिएको हो। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले उक्त विषय उठाउँदै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग ...
— पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका ...
: मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ। क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर निर्वाचित भए। योसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको विरासत फिर्ता आयो। उनका प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित बन्न पुगे। उनै छोइसाङले ५ चैत २०७९ मा भएको स्ववियु निर्वाचनमा सभापति जित्दै अनेरास्ववियुको विरासत ...
— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको कार्यसम्पादनमा फेरि पनि प्रश्न उठाएको छ। मुख्य सचिव एकनारायण अर्यालको कार्यसम्पादनका लागि पटक-पटक निर्णय र निर्देशन हुँदा पनि परिणाम देखिन नसकेको भन्दै सचिवहरूसँग असन्तुष्टि व्यक्त गरेका छन्। मुख्य सचिव अर्यालको अध्यक्षता गत भदौदेखि बेलाबेला बस्दै आएको बैठकले कार्यसम्पादन सुधारमा जोड दिँदै आएको छ । पछिल्लो ...