मुख्य समाचार
मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराए
मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराए

: मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराएको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा आर्मीको यो पहिलो हार हो। मधेशको भने दोस्रो जित हो।


लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले दिएको २१८ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

मधेश प्रदेशका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ७ चौका प्रहार गरेका हुन्। ओपनरद्वय मयन यादव र शैलेन्द्र शाहले क्रमशः १० र १५ रन बनाए। हरिशंकर शाह र पवन सर्राफले समान ३७–३७ रनको पारी खेले। दिपेश दासले १० रन बनाए। निखिल सिंह १४ र रुपेश सिंह ३८ रनमा अविजित रहे।



आर्मीका लागि नरेन साउदले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ५४ रन खर्चिए। वसिर अहमद र सोमपाल कामीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो।

त्रिभुवन आर्मीका लागि भिम सार्कीले सर्वाधिक ८९ रन बनाए। उनले १२६ बल खेल्दै ४ चौका प्रहार गरेका हुन्। ओपनरद्वय तिर्थराज दास र सन्तोष कार्कीले क्रमशः १४ र ३३ रन बनाए। कप्तान विनोद भण्डारी ११ रनमा कमल गुप्ताको बलमा एलबीडब्ल्यु भए।

वसिरले १०, विवेक यादवले १६ रन बनाउँदा कुशल मल्ल २४ रनमा अविजित रहे। मधेशका लागि रुपेश सिंह, कमल गुप्ता र पवन सरार्फले समान २–२ विकेट लिए। रञ्जित कुमारले १ विकेट लिए।

आर्मीले ६ खेलमा ५ जित निकालेको आर्मीको अपराजित यात्रामा मधेशले ब्रेक लगाएको हो। मधेशले भने फाइनल खेल्ने सम्भावना सकिए पनि प्रतियोगितामा दोस्रो जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ। मधेशले ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...