मुख्य समाचार
मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराए
मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराए

: मधेश प्रदेशले विभागीय टिम त्रिभुवन आर्मीलाई ३ विकेटले हराएको छ। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा आर्मीको यो पहिलो हार हो। मधेशको भने दोस्रो जित हो।


लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले दिएको २१८ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

मधेश प्रदेशका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ७ चौका प्रहार गरेका हुन्। ओपनरद्वय मयन यादव र शैलेन्द्र शाहले क्रमशः १० र १५ रन बनाए। हरिशंकर शाह र पवन सर्राफले समान ३७–३७ रनको पारी खेले। दिपेश दासले १० रन बनाए। निखिल सिंह १४ र रुपेश सिंह ३८ रनमा अविजित रहे।



आर्मीका लागि नरेन साउदले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ५४ रन खर्चिए। वसिर अहमद र सोमपाल कामीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो।

त्रिभुवन आर्मीका लागि भिम सार्कीले सर्वाधिक ८९ रन बनाए। उनले १२६ बल खेल्दै ४ चौका प्रहार गरेका हुन्। ओपनरद्वय तिर्थराज दास र सन्तोष कार्कीले क्रमशः १४ र ३३ रन बनाए। कप्तान विनोद भण्डारी ११ रनमा कमल गुप्ताको बलमा एलबीडब्ल्यु भए।

वसिरले १०, विवेक यादवले १६ रन बनाउँदा कुशल मल्ल २४ रनमा अविजित रहे। मधेशका लागि रुपेश सिंह, कमल गुप्ता र पवन सरार्फले समान २–२ विकेट लिए। रञ्जित कुमारले १ विकेट लिए।

आर्मीले ६ खेलमा ५ जित निकालेको आर्मीको अपराजित यात्रामा मधेशले ब्रेक लगाएको हो। मधेशले भने फाइनल खेल्ने सम्भावना सकिए पनि प्रतियोगितामा दोस्रो जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ। मधेशले ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...