मुख्य समाचार
हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनी
हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनी

— इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहानदेखि सुरु भएको भीषण हवाई आक्रमणपछि मंगलबार राति उनले यस्तै प्रतिक्रिया दिएका हुन् ।


एक भिडियो जारी गर्दै उनले हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनीसमेत दिएका छन् ।

आफ्नो बयानमा नेतान्याहुले इजरायली बन्धकलाई रिहान गर्नका लागि हमाससँग कुराकानीको कोशिस गरेको बताएका छन् । तर हरेक प्रस्तावलाई हमासले अस्वीकार गरेपछि पुन: आक्रमणमा उत्रिनुपरेको उनको आरोप छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्यमन्त्रालयका अनुसार चार सयभन्दा बढी इजरायली आक्रमणमा मारिउका छन् । गत जनवरी १९ मा गाजामा युद्धविराम भएयता मंगलबारको आक्रमण सबैभन्दा ठूलो र विनाशकारी हो ।

एकैदिन साढे चारसयको हाराहारीमा मारिएका छन् । जसमा केही हमासका उच्च अधिकारीसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...