मुख्य समाचार
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

। दिपेन्द्र रावतले अर्धशतकसँगै ३ विकेट पनि लिएपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

तेस्रो जित निकाल्ने क्रममा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३ बल अगावै २०० रनमा समेटियो ।




प्रज्वल थापाले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ८४ रन बनाए भने कप्तान देव खनालले ४० रन बनाए । आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले १० ओभरमा ४१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारीले पनि ३ विकेट लिँदा प्रकाश जैसीले २ तथा दिवान पुन र सुनिल धमलाले १-१ विकेट हात पारे ।




त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाए भने अर्जुन घर्तीले ५६ रन बनाए ।

५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराएका थिए ।

लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले २-२ तथा कप्तान देव खनालले १ विकेट लिए ।

लुम्बिनीले ७ खेल खेल्दा ४ जित निकालेको छ भने कर्णालीले योसँगै ६ खेलमा ३ जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...