मुख्य समाचार
च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा
च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा

। केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ ।

उपाधि जितेको टोलीलाई ५८ करोड भारु नगद पुरस्कार दिने बोर्डले घोषणा गरेको हो। यो पुरस्कार खेलाडी, प्रशिक्षक, सहयोगी टिम तथा चयन समितिका सदस्यहरूको योगदानको सम्मानस्वरूप प्रदान गरिन लागेको हो ।




कप्तान रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्ड तथा सेमिफाइनलमा अस्ट्रेलिया र फाइनलमा न्युजिल्यान्डविरुद्ध जित दर्ता गर्दै उपाधि जितेको थियो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार दुईवटा आईसीसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यो नगद पुरस्कार खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानको रूपमा प्रदान गरिएको उल्लेख गरे।




भारतले सन् २०२४ मा टी-२० विश्वकप पनि जितेको थियो । २०२५ मै आईसीसी यू-१९ महिला विश्वकप जितिसकेको छ, जसले देशको क्रिकेट संरचना बलियो रहेको देखाएको बिन्नीको भनाइ छ।

बोर्डका सचिव देवजित साइक्याले भारतीय टोलीले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाएको भन्दै प्रशंसा गरे। उनले यो जितले भारतको ह्‍वाइट बल क्रिकेटमा शीर्ष स्थान पुष्टि गरेको र आगामी दिनमा टोली अझ उत्कृष्ट प्रदर्शन गर्नेमा आफूहरू विश्वस्त रहेको बताए।

उपाध्यक्ष राजीव शुक्लाले खेलाडीहरूले दबाबमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै टोलीको जित भारतीय क्रिकेटको मजबुत आधार, मानसिक दृढता र जित्ने मानसिकताको उदाहरण भएको उल्लेख गरे।

-बीसीसीआईको आधिकारिक वेबसाइटबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...