मुख्य समाचार
च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा
च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा

। केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ ।

उपाधि जितेको टोलीलाई ५८ करोड भारु नगद पुरस्कार दिने बोर्डले घोषणा गरेको हो। यो पुरस्कार खेलाडी, प्रशिक्षक, सहयोगी टिम तथा चयन समितिका सदस्यहरूको योगदानको सम्मानस्वरूप प्रदान गरिन लागेको हो ।




कप्तान रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्ड तथा सेमिफाइनलमा अस्ट्रेलिया र फाइनलमा न्युजिल्यान्डविरुद्ध जित दर्ता गर्दै उपाधि जितेको थियो ।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार दुईवटा आईसीसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यो नगद पुरस्कार खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानको रूपमा प्रदान गरिएको उल्लेख गरे।




भारतले सन् २०२४ मा टी-२० विश्वकप पनि जितेको थियो । २०२५ मै आईसीसी यू-१९ महिला विश्वकप जितिसकेको छ, जसले देशको क्रिकेट संरचना बलियो रहेको देखाएको बिन्नीको भनाइ छ।

बोर्डका सचिव देवजित साइक्याले भारतीय टोलीले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाएको भन्दै प्रशंसा गरे। उनले यो जितले भारतको ह्‍वाइट बल क्रिकेटमा शीर्ष स्थान पुष्टि गरेको र आगामी दिनमा टोली अझ उत्कृष्ट प्रदर्शन गर्नेमा आफूहरू विश्वस्त रहेको बताए।

उपाध्यक्ष राजीव शुक्लाले खेलाडीहरूले दबाबमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै टोलीको जित भारतीय क्रिकेटको मजबुत आधार, मानसिक दृढता र जित्ने मानसिकताको उदाहरण भएको उल्लेख गरे।

-बीसीसीआईको आधिकारिक वेबसाइटबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...